Sidha Patra शुक्रबार, बैशाख १४, २०८१

प्यूठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ४ ओखरडाँडामा सुत्केरी महिलाको हत्या आरोपमा ५ जना पक्राउ परेका छन् ।

त्यस्तै १७ वर्ष अगाडि भएको सो हत्या घटनाका २ जना आरोपित अझै फरार रहेको प्रहरीले बताएको छ । यस्तै एक जना आरोपितको भने मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । स्थानीय ३० वर्षीया हरिकला बुढाथोकीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि आरोपितहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी बुढाथोकीको लुम्बिनी प्रादेशिक अस्पताल (तत्कालीन लुम्बिनी अञ्चल अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै पक्राउ पर्नेमा ६७ वर्षीया हुमि कुमारी देवी सारु, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सितादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरी बुधबार प्युठान जिल्ला अदालतमा पेस गरिएको छ । उक्त घटनामा संलग्न ५३ वर्षीया निमिसरा राना र ४३ वर्षीया तारा बहादुर सारु अझै फरार रहेको प्रहरीले जनाएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपित ५३ वर्षीया हुमीकुमारी रानाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

यस्तै बुढाथोकीका श्रीमान् धुर्वराज बुढा मगर रोजगारका लागि भारत गएको १४ महिनापछि हरिकलाले बच्चा जन्माएपछि अवैध सम्बन्ध राखेको भन्दै कुटपिट भएको थियो । सुत्केरी अवस्थामै कुटपिटबाट बुढाथोकीको ज्यान गएको थियो भने जन्मेको ५ दिनमै शिशुको पनि मृत्यु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]