आलोक भावुक/गढवा सोमबार, मंसिर १२, २०७९

दाङ । गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रमको सुरुवात भएको छ । गढवा गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत नि:शुल्क आँखा शिविर सुरु भएको छ।

नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज, लमही आँखा अस्पताल लमही दाङ र गढवा गाउँपालिका संगको बिगतमा भएको सहमति बमोजिम गढवा गाउँपालिकामा आँखा जाँच कार्यक्रम/शिविर सञ्चालन गरि नि:शुल्क आँखा चेकजाँच र मोतिबिन्दुको शल्यक्रिया गर्न आवश्यक परे नि:शुल्क शल्यक्रिया समेत गरिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका र नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल बिच यस भन्दा पहिले नै पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी लगाएतको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर भैसकेको गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। गढवा गाउँपालिका भित्रका सबै आँखा सम्बन्धी बिरामीहरु लाई सहज र नि:शुल्क तरिकाले सेवा दिने प्रक्रियामा पालिका निरन्तर लागेको छ।

गढवा गाउँपालिकाले पालिकाको आठ वटै वडाको आँखा शिविर सञ्चालनको तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार यही मङ्सिर ८ गते गढवा गाउँपालिका वडा नम्बर – ७ को ज्ञान ज्योति प्रावि मानपुरमा शिविर सञ्चालन हुनेछ। त्यसैगरी मङ्सिर १४ गते वडा नम्बर – ६ को गढवा बहुमुखी क्याम्पस गढवामा शिविर सञ्चालन हुनेछ त्यसैगरी मङ्सिर मङ्सिर १६ गते वडा नम्बर – ५ को गंगाप्रसपुर स्वास्थ्य चौकी चैनपुरमा, मङ्सिर १७ गते वडा नम्बर – ४ को वडा कार्यालय गंगाप्रसपुरमा, मङ्सिर २४ गते वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा, मङ्सिर २६ गते वडा नम्बर – २ को रात्री प्रावि पचहा, पौष – २ गते वडा नम्बर – १ को कार्यालय परिसर मलमला र पौष ९ गते वडा नम्बर – ८ कोईलाबासको आँखा उपचार केन्द्र कोइलाबासमा नि:शुल्क आँखा शिविर सञ्चालन हुनेछ र मोतिबिन्दुको बिरामीहरु लाई छनौट गरी निशुल्क शल्यक्रिया गरिने गढवा गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]