काठमाडौं । प्रहरीले ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
त्यस्तै जुवा खालबाट १३ जनालाई ४ लाख ३५ हजार ९ सय ६० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।