Sidha Patra बुधबार, बैशाख १२, २०८१

काठमाडौँ । काठमाडौंमा नियन्त्रित लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना फार्मेसी संचालकहरूलाई पक्राउ गरेको छ ।

उपत्यकामा मेडिकल पसल सञ्चालन गरी लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो तथा औषधी व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले फार्मेसी पसलमा छापा मारेको हो ।

त्यस्तै प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बुधबार कागेश्‍वरी नगरपालिका वडा नम्बर ८ स्थित गोगो फार्मेसीका संचालक सर्लाही बर्थहवा नगरपालिका-९ घर भएका २६ वर्षीय निरस कुमार महतोलाई पक्राउ गरिएको छ ।

मध्यपुर ठिमी नगरपालिका–९ बोडेको टिसा फार्मेसीका संचालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बस्ने ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत सर्लाही मलंगवा नगरपालिका-१० बस्ने २० वर्षीय सतेन्द्र यादवलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले जानकारी दिए ।

यस्तै खानतलासीका क्रममा टोलीले लागु औषधको रूपमा प्रयोग हुने औषधी पनि बरामद गरेको छ । तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि औषधी व्यवस्था विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]