
Ggp
Rgp
Lnp
Ksbus
Ggp
Ksbus
Sdc
Msbus
Asbus


सल्यान । कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले टोल कमिटी गठन गरेको छ । शनिबार सम्पन्न भेलाबाट नयाँ टोल कमिटी गठन भएको हो ।
कमिटी गठन संगै शनिबार नै ७ जनाले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको वडा कमिटी अध्यक्ष भुवनेश्वर गौतमले बताउनु भएको छ । नव प्रवेशीहरुमा हर्ष बहादुर बुढाथोकी, गणेश पुन,सुदिक्षा गिरी,सुसिला गिरी,राम कुमारी गिरी, टेक बहादुर रोका र युवराज गिरी रहेका छन् ।
भेलाले भिम बहादुर बुढा अध्यक्ष रहेको १७ सदस्यीय पाखापानी लामिडाँडा टोल कमिटी पनि निर्माण गरेको वडा कमिटी सचिव पवन कार्कीले जानकारी दिनु भयो । जसको सचिवमा चुडामणी गिरी र सदस्यहरुमा अशोक बाँठा,सुदिक्षा गिरी,मोहनलाल बाँठा,लोक बहादुर रावत, तारासिंह खड्का,सुशिला गिरी,देवा खड्का,इन्द्रा खड्का, पदम बुढाथोकी,मिनेन्द्र सेन,टेक बहादुर रोका,हर्ष बहादुर बुढाथोकी,गणेश पुन, नागेन्द्र रावल,इन्द्रा बुढाथोकी रहेका छन् ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य भिम बहादुर सेनले नेकपाको नेतृत्वमा नै विकास र नागरिकले खुसि प्राप्त गर्न सक्ने धारणा व्यक्त गर्नु भएको थियो । गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका समेत प्रमुख रहेका सेनले सडक, खानेपानी, विद्युत, सिंचाइ लगाएतका समस्या समाधानमा आफुहरु लागिरहेको र नागरिकहरुले विस्तारै प्रतिफल प्राप्त गर्दै गएको बताउनु भएको हो ।
नेकपा कपुरकोट ३ का सचिवालय सदस्य रुद्रवीर कुवरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी अध्यक्ष घनश्याम शर्मा,पालिका कमिटी सदस्य जीत प्रसाद आचार्य,नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, युवा नेता रुपक बुढा लगाएतले बोल्दै नेकपामा आवद्ध भएर विकास निर्माण संगै विसंगती विकृति विरुद्ध उभिनुपर्नेमा जोड दिएका थिए ।
