कमलेश चन्द्र गुप्ता मंगलबार, कार्तिक २९, २०७९

कपिलबस्तु । जनता प्रगतिशील पार्टी नेपालका महासचिव एवम कपिलबस्तु क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ईश्वर दयाल मिश्रले क्षेत्रको व्यवस्था परिवर्तन गर्न आफ्नो जीत आवश्यक रहेको बताएका छन् ।

सोमबार बहादुरगंजमा आयोजित चुनावी सभालाई सम्बोधन गदैं मिश्रले निवर्तमान सांसदका कारण क्षेत्रको व्यवस्था नै असफल भएको भन्दै अव क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यक रहेको बताएका हुन् । उनले भने एकै ब्यक्तिलाई तीन पटक विजयी बनाए पनि क्षेत्रको अवस्था उही रहेकाले यसपटक जप्रपालाई मतदान गर्न आग्रह गरे ।

उहाँले यस क्षेत्रको लागि मैले जति कसैले पनि काम नगरेको दाबी समेत गरेका छन् । मिश्र गत निर्वाचनमा हारे पनि यस क्षेत्रका लागि करोडौ रुपियाको योजना ल्याएको बताएका छन् । त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” भोट दिन्छ भन्ने पुर्ण आशा रहेको मिश्रले थपे । मिश्रले अहिलेसम्मका निर्वाचनमा ठिक नेता चुन्न नसकेकै कारण जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएको भन्दै यसपटक मतदाताहरु सचेत रहनुपर्ने धारणा राख्नु भएको थियो ।

नेता मिश्रले कृषि, स्वास्थ्य र शिक्षामा समेत जोड़ दिनु भएको थियो। किसानको उत्थान गर्ने पार्टी जनता प्रगतिशील पार्टी नेपाल मात्र रहेको बताउँदै किसानलाई क्रेडिट कार्डको व्यवस्था, सिँचाइको व्यवस्था, बिउबिजन र मल सजिलै उपलब्ध गराउन आफूले पहल गर्ने बताए। चुनाव पश्चात् नेपाल सरकारले तत्काल किसानको व्यवस्था नसुनेमा किसान आन्दोलन सुरु गर्ने र किसानका आवाज प्रतिनिधि सभामा उठाउने समेत मिश्रले बताउनुभयो ।

त्यस्तै यस क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था एकदमै खराब रहेको बताउदै मिश्र उच्च कोटिको अस्पताल र कैम्पस बनाउने लक्ष्य रहेको दाबी गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]