
mbd
Rbs
Mbdvs
Anm
gst
Sds
Ksm
Pbu
Gisld
Gmk
सधै उचों शीर

Rsb
Tsm
Pvg
Ssm
Bbu
Rgu
Rgu
nsb
Rgs
Ggd
Ksm
Bbbpu
Sls
Gst
Sbs
Asm
Hal
Vor
Wsp

Rmb
Rpp
sab
Ptm
Mks
Jmb
Jmb
Abd
Gsb
Syp
bbt
Pls
Bml
थबाङ गाउँपालिकामा पर्ने पर्यटकीय धार्मिक क्षेत्र जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । जलजला प्राकृतिक र धार्मिक सुन्दरताको उर्वर भुमीमात्र होइन,बीरताको जग हो। एक निशानी पनि हो । जनयुद्धको उदगम थलो हो जलजला। दशक लामो जनयुद्धका बखत जनसेना परेड खेलेको मलिलो भुमी हो यो। धेरैले तिर्खा मेटे, निदाए, कति ओत लागे, घाउमा मल्हमपट्टी लगाए र भोक मेटाए यसको काखमा। जहिलै जीतको ताज पहिरियो प्यारो जलजलाले । एउटा गर्बिलो ईतिहास बोकेको जलजला क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पर्खिएर बसेको छ । जो हरेक पल पाहुनाको स्वागतका लागि आँतुर छ। जलजला,हजारौं रोपनीमा फैलिएको छ । जहाँ पौष देखि चैत्र सम्म हिउँले सेताम्मे र चैत्र देखी जेष्ठसम्म लालिगुरास राताम्मे भएर फुल्छन। ८ जातका विभिन्न थरीका लालीगुरासका फुलहरु सँग रमाउन अनि पुजाआज गर्न पुग्नै पर्ने ठाउ हो जलजला ।
जलजला नाम कसरी रहयो?
सात सल्ले देवता र बाह्र भाइ बराहहरुको उत्पत्ति भएको यस क्षेत्रको जमिनमा पाइला टेक्दा जमिनमा दबेको कम्पन आउने भएकोले यस क्षेत्रको नाम जलजला राखिएको बताईन्छ ।
चैत्र पुर्णिमा शुरु हुदै वैशाख,जेष्ठ ,असार, श्रावण र भदौ पुर्णिमामा यहा पुजाआज सहित ठुुला मेला लाग्ने गरेको छ । भेडाहरुको बली दिएर पुजा गर्नेहो भने आफुले मागेको कुरा पुरा हुने र कुष्ठ रोगी जस्ता विरामी समेत सन्चो हुने जनविश्वास रहिआएको छ । कैलु बराहा, बजु बराहा, सहदेव बराहा र भमा ओडार गरि बाह्र भाइ बराहाको छुट्टा छुट्टै थानमा बली चडाइ पुजाआजा गर्ने प्रचलन छ । बाह्र भाइ बराह र सात सल्ले देवताहरुको विवाद पर्दा बाह्र भाइ बराहहरुले सात सल्ले देवतालाई पराजित गर्दै उनिहरुलाइै जेलमा राखेर नेल लगाई बाह्र भाइ बराहहरुले राज गरे पश्चात बाह्र भाइ बराहहरुहरुको पुजाआज गरिदै आएको पाइन्छ । जलजलामा पुजा आज गर्दा जसले धेरै पैसा मन्दिरलाई दान गर्छ उस्ले नै पहिले भेडाको बली चढाउने ÷पुजा गर्ने चलन छ ।यहाँ वर्षमा चार पटक ठुलो मेला लाग्ने हुँदा रोल्पा सहित छिमेकी जिल्ला सल्यान ,रुकुम ,प्युठान ,दाङ, बाँके,रुपैडिया लगायतका ठाउबाट दर्शनार्थीहरु जलजला पुगेको पाइन्छ ।
किन पुग्ने जलजला?
थबाङका पुराना कम्युनिष्ट नेता बर्मान बुढाको पाला देखी मन्दिर व्यवस्थापन समिती वीर बलभद्र नमुना माद्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समिती नै जलजला क्षेत्रको व्यवस्थापन समिती रहने गरेको थियो । जलजलामा आम्दानी भएको रकमले मन्दिर व्यवस्थापन र विद्यालयमा रहेका शिक्षक कर्मचारीहरुलाई तलव खुवाउने गरिन्थ्यो ।
नेपालमा संघीयता आय पश्चात भने यहिले स्थानीय तहको माथहतमा जलजला क्षेत्रको संरक्षण हुने गरेको छ । जलजलाको सुन्दरता बयान गरिसाध्य छैन।
विचमा पोखरीको ताल ,पोखरीको नजिकै बजुबराहको मन्दिर, मन्दीरको सामुन्ने निमार्ण भएको धर्मशाला अनि माथि डाडोमा सिस्ने हिमाल,अन्नपुर्ण र धौलागिरी हिम श्रृङखलाहरुलाई नियाली रहेको भ्युटावर, भ्युटावरको तल हेर्दा खुल्ला चौर, वरिपरि कोणधारी जङगलले घेरिएको आहा मेरो प्यारो जलजला ।
पौष,माघ देखी चैत्र सम्म हिउले सेताम्मे दन्तेलहर देखाएर मुस्कुराउछ । फाल्गुन अन्तिम देखी फक्रन सुरु गरेका थरिथरीका लालीगुरासका फुलहरु चैत्रमा फुलेर ढकमक हुन्छ, जलजला भुमिमा ,वैशाख जेष्ठमा जमिनमा फुल्न सुरु गरेका थरी थरिका फुलहरुले पाहुनालाइ स्वागत गरिरहेको हुन्छ । थबाङबाट उकालो छिचोलेर जलजला पुग्दा मनोरम दृश्यले यात्राको थकान सबै मेटाईदिन्छ। हरकोहिले अनुभूति गर्छन साच्चै जलजला पनि स्वर्गको एक टुक्रा रहेछ ।
नेतालाई जलजलाको संझना।
रोल्पा ’जनयुद्ध’ को पर्याय बन्यो।यहिबाट बिद्रोहको घोषणा भयो। त्यस्लाई नाम दिईयो ’जनयुद्ध’ ।त्यसैले जलजला बिरताको चिनो हो। क्रान्तीको प्रतिक हो । जलजलाको काख थबाङलाई केन्द्र विन्दु बनाएर माओवादीले जनयुद्ध थालनी गर्याे ।त्यो बेला गाउँघरहरू माओवादी सेल्टर थिए, जसका कारण सरकारी सुरक्षाकर्मीको निसाना पनि तिनै गाउँ थिए। रुकुमको सिस्ने हिमाल र थबाङको जलजला क्षेत्रमा पर्ने धरमपानीमा रहेको डाँडामा माओवादीले सिज अभियान सन्चालन गर्याे । सिजको अर्थ दुस्मनलाई नस्ट गर्ने भन्ने हुन्छ । यही सिज अभियानलाई आत्मसाथ गर्दै माओवादीले युद्ध हाँक्यो । १० वर्षसम्म माओवादीले सबैभन्दा सुरक्षित ठानेको र युद्धका महत्त्वपूर्ण गोप्य गतिविधि भएको क्षेत्र रुकुम(रोल्पा भएकाले यी क्षेत्रमा स्वाभाविक रूपमा ’जनयुद्ध’ सँग सम्बन्धित धेरै गतिविधि भएका छन्। माओवादीका महत्त्वपूर्ण बैठक बसेका छन्, शीर्ष नेताहरू बसेका छन्, ठूलाठूला सैन्य तालिम र आक्रमणहरू भएका छन्। भारतविरुद्ध लड्ने भन्दै बंकर खनिएका छन्। हतियार संग्रह गरिएका छन्।
युद्धकालमा माओवादीले समानान्तर सरकार गठन गरे, छुट्टै पाठ्यक्रम विकास गरेर जनवादी विद्यालय सञ्चालन गरे, कम्युन् सुरु गरे।यही क्षेत्रमा क्रान्ती गरेका नेताहरु त सत्ता पुगे तर जलजलालाई विर्सीए तर जलजलाले सधै सम्झिरहेको छ ,सिजले सधै सम्झिरहेको छ जलजलाले तिनै क्रान्ती गर्नेहरुलाई जलजला विकासको लागी सधै जलजलाले भिक मागीरहेको छ ।
खानी र जडिबुटीको हव
जलजला धार्मिक क्षेत्र मात्र नभएर जैविक विविधताले भरिपुर्ण क्षेत्र पनि हो । जलजलामा जटामसी, विखमा, तिते,पाँचऔले, सतुवा,चुल्ठे,चिराइतो, जटामसी, झम छेत्री (लोटसल्ला) जस्ता बहुमुल्य जडिबुटी समेत जलजला क्षेत्रमा पाइन्छ भने कस्तुरी,मृग, नावर, रेड पाण्डा, रातो वाँदर, ढेडु, झारल, थार, वाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो वन्यजन्तु तथा डाँफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं लगायत वन्यपक्षी जलजला क्षेत्रमा पाइन्छ । यी जडिबुटीलाई देश विदेश सम्म पुर्याउन सकियो भने रोल्पा आर्थिक रुपमा उक्सिन सक्छ । केही वर्ष अगाडी पेट्रोल उत्खनन तथा अनभेषण टोलीले जलजला क्षेत्रमा अध्ययन समेत गरेको थियो । त्यो टोलीले जलजला क्षेत्रमा फलाम खानी ,सिसा खानी,पेट्रलियम पदार्थ उत्खनन गर्न सकिने टोलीले प्रतिवेदन समेत तयार पारेको थियो ।
जलजलाको सपना
स्थानिय तह प्रदेश सरकारले जलजला क्षेत्रको विकास गर्न गुरुयोजना निर्माणको तयारीमा थालेको छ । जलजला क्षेत्रमा रहेका पानीबाट विधुत उत्पादन गर्ने,जलजला क्षेत्रमा सुइमिङ मुल निर्माण गर्ने,जलजला क्षेत्रमा थप भौतिक पुर्वाधार निर्माण गर्ने,जलजला सम्म पुग्नको लागी यातायात पु¥याउनलाई सडक निर्माण लगायतको विकासको लागी गुरुयोजना निर्माण हुन लागेको छ ।
पुग्ने कसरी?
जलजला रोल्पा सदरमुकाम लिबाङबाट उत्तरी भेगमा अवस्थित छ । जलजला पुग्न केन्द्रिय राजधानी काठमाडौंबाट करिव ६ सय किलो मिटरको यात्रा गरे पश्चात जनयुद्धको उदगम थलो थबाङमा पुगिन्छ थबाङबाट करिव ३ घण्टाको पैदल हिडेर जलजला पुगिन्छ । यो समुन्द्र सतह देखी करिव ३ हजार १ सय ६० मिटरको उचाईमा छ।
जलजला जानलाई अहिले तीन वटा बाटोहरु प्रयोग गरिन्छ । रोल्पा नगरपालिकाको धवाङ हुदै जलजला, सुन्छहरी गाउँपालिकाको जेल्बाङ हुदै र थबाङ गाउँ हुदै जलजला पुग्न सकिन्छ ।
