दाङ । दाङमा नदी तर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेरा निबासी ६० वर्षका वुद्धीराम अधिकारी रहेको तुलसीपुर उपमहानगरपालिका–१४ का वडा अध्यक्ष शंकर खड्काले जानकारी दिनु भयो ।
बिहान करिब साढे ६ बजे भोजपुरकै स्कुलबाट डुरुवा जानका लागि बबई नदि तर्ने क्रमममा डुबेर मृत्यु भएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँ डुरुवा जानका लागि बबई नदीमा डुब्दै गर्दा बचाउ भनेको स्थानीयले सुनेपछि गाउँमा खबर भयो ।
गाउँका सबै जुटेर आउँदासम्म उहाँको मृत्यु भइसेको रहेछ,वडा अध्यक्ष खडकाले भन्नुभयो । मृतकको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।