
Msbus
Ksbus
Asbus
Rgp
Ggp
Ksbus
Sdc
Ggp
Lnp


बुटवलमा जुवा खेलिरहेका ४ महिला सहित ५ जनालाई प्रहरीले प्रकाउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्राईले बुटवल सुख्खानगरको एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको जानकारी दिनुभयो ।प्रहरीका अनुसार महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।प्रकाउ परेका उनीहरुबाट ६० हजार नगद सहित ४ बुक तास समेत बरामद गरेको प्रमुख भटराईले बताउनुभयो । प्रकाउ परेका उनीहरुलाई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।महिलाहरु मात्र मिलेर तास खेलेको अवस्थामा पक्राउ परेको यो घटना बुटबलमा पहिलो हो । समुहमा महिला पुरुष भेटिने गरेपनि यसपाली ४ जना महिला १ जना पुरुष फेला परेको प्रहरीले जनाएको छ ।
