
Amb
Gesld
Dpm
dpm
sjnsplk
pvg
Snmbs
Pbu
Snmbs
Sdc
Dbc
rgs
Ges
snmbs
Mbf


दाङ । पछिल्लो केही दिनयता भारतबाट आएकाहरुको अपरिचित समुहले बालबालिका चोरी गरेर लैजाने गरेको भन्ने अफवाह फैलिएको प्रति दाङ प्रहरीले चासो व्यक्त गरेको छ ।
केही नीजि विद्यालयले आफु खुशी सत्य तथ्यभन्दा बाहिर गएर हतारमा सूचना जारी गर्दै बालबालिका हराउने गरेको भन्ने विषयमा सूचना जारी गर्दा अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले यस्ता भ्रमपूर्ण सूचनामाथि विश्वास नगर्न प्रहरीले अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले रेडियो मध्यपश्चिमलाई दिनुभएको जानकारी अनुसार जिल्लामा अहिलेसम्म कोही कसैबाट बालबालिका चोरी गरिएको वा हराएको भन्ने जस्ता समस्या, गुनासो नआएको बताउनुभयो । उहाँले अनावश्यक भ्रम फैलाउने काम नगर्न नगराउन तथा वास्तविकताको पछाडि लाग्न आम नागरिकमा अपिल गर्नुभएको छ ।
जिल्लाका केही नीजि विद्यालयले यथार्थभन्दा बाहिर गई हतारमा अभिभावकहरुमा त्रास फैलाउने र बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पार्ने जस्ता काम गरिरहेकाले अनावश्यक भ्रम फैलाउने काम नगर्न प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आग्रह गर्नुभएको छ । उहाँले बालबालिकाको स्याहार सुसार तथा रेखदेख अनिवार्य शर्त भएकाले उनीहरुको निगरानी गर्नु पर्ने भएपनि बालबालिका चोरी भईरहेको भन्ने भ्रम छर्ने काम गरेर अभिभावकहरुलाई त्रसित नबनाउन सचेत गराउनुभएको छ ।
यसैबीच,नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन दाङले पनि जिल्लामा हालसम्म बालबालिका हराएको भन्ने कुनै प्रकारको गुनासो वा समस्या नआएको स्पष्ट पारेको छ । बालबालिकाको रेखदेख आवश्यक भएपनि केही नीजि विद्यालयले अनावश्यक भ्रम फैलाउने काम गरेको प्रति चासो व्यक्त गर्दै हल्लाका पछि नलाग्न अपिल गरेको प्याब्सन दाङका सचिव आदिम केसीले बताउनुभएको छ ।
