
bpmhl
Bsbus
Gsbus
Gsbus
ebg
Ksbus
Ksbus
Gsl
Ses
Gsbus
Ssbus
Gis
Gis
Lsbus
Pbu
Ksbus
Ssbus
Gss
Lsbus
Ssbus

Ksm
Gst
Sbs
Rsb
Bbu
Hal
Vor
Rgs
Wsp
Bbbpu
Ssm
Sls
Tsm
Pvg
Ggd
Rgu
Asm
nsb
Rgu

Rpp
Syp
Jmb
Gsb
Mks
bbt
Ptm
Rmb
Abd
Bml
Pls
sab
Jmb
दाङ । दाङ जिल्लाको मुख्य बजार मध्य लमही बजार पनि एक हो । पुर्ब पश्चिम राजमार्ग अन्तरगत पर्ने दाङ देउखुरीको प्रमुख ब्यापारिक केन्द्रमा पर्छ लमही बजार । त्यही लमही बजारको कुनै एक होटलमा पत्रकारको टिम ग्राहक बनेर जान्छ ।
त्यँहा जाँदा होटेल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन । कोही बार्गेनिङ्गमै ब्यस्त हुन्छन । कोही भने युगल जोडी ओहोर दोहोर गरिरहेका हुन्छन । यिनै हर्कतले निश्चित हुन्छ कि यहाँ यौनधन्दा खुलेयाम हुने रहेछ ।
पत्रकारको टिम मध्य कुनै एकजना पत्रकारले ग्राहक बनेर एकजना महिलालाई सोध्छन, कसरी हो? पैशाकै निम्ति होटलमा अरुको बिस्तारा बनेकी ती महिलाले भन्छिन १५ सय रूपैया मात्र । स्थानियको गुणासो पश्चात् पुर्ब तयारी सहित पत्रकारको टिम ‘छड्के’ गएको हुन्छ । तर यो कुरा न होटल सञ्चालकलाई थाहा हुन्छ नत ग्राहक न कुनै पेशेबर ।
कुरा गर्दै जाँदा ती महिलाले सबै पोल खोल्छिन । एकपटक यौन सम्पर्क गराए बाफत वास्तविक आफुले १ हजार पाउने र ५ सय रुपैया होटलले लाने गरेको नाम नबताउने सर्तमा ती महिलाले भनिन । आफ्नो यौन ईच्छालाई मेटाउन भिआईपी देखि प्रहरी सम्म आउने गरेको ती महिलाले खुलासा गरिन ।उमेर अनुसारको यहाँ फरक फरक रेट कायम रहेको यौनधन्दामा संलग्न ती महिलाले बताईन ।
यिनै यावत कारणले पनि पछिल्लो समय लमही बजार यौन धन्दाको अखडा बन्दै गईरहेको पुष्टि भएको छ । लमही बजार अन्तरगतका केही होटल हरुमा खुलेयाम यौन धन्दा हुने गरेको पाइएको हो । यसरी खुलेयाम यौन धन्दा हुँदै जाँदा समाजको सभ्यता माथी प्रश्न उठ्ने गरेको छ ।
लमहीका होटलहरुमा खुलेयाम यौन धन्दा बढ्दै जाँदा स्थानियहरु चिन्तित समेत बनेका छन । ब्यापारका नाममा खुलेयाम धन्दा हुँदापनि स्थानीय सरकार,प्रहरी प्रशासन,होटल ब्यबसायी संघ लगायतका निकायहरु मुख दर्शक बनेको स्थानीय भुपाल पान्डेले बताए । ‘यहाँ खुलेआम यौन धन्दा हुन्छ, तर कुनै निकायले अनुगमनमा ध्यान दिएन पाण्डेले भने-कतै कमिसनको खेल त होईन?’
यसरी होटलमा अनैतिक धन्दा हुँदा परिवार सहित गएर खाना खान समेत बाताबरण नरहेको अर्का स्थानिय महेश भुसालले गुणासो गरे । समाजको सभ्यतालाई ख्याल नै नगरी पैशाकै निम्ति ब्यापारीले यौनधन्दा चलाएर समाजको चरित्र हत्या गरिरहेको भुसालले आरोप लगाए । दिन दहाडै होटलमा खुलेयाम यौन धन्दा हुँदापनि नियमन गर्ने निकायहरु मुख दर्शक बन्नुले निकायकै मिलोमतो होकि भन्ने सङ्का उत्पन्न हुन थालेको छ ।
