सागर थापा शनिबार, भाद्र १८, २०७९

दाङ । जिल्ला उद्योग वाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएपीसंग परिचयात्मक कार्यक्रम गरेको छ । प्रहरी प्रमुख एसपी बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए । सबैको सहयोगले मात्र प्रहरी सफल हुने उनको भनाइ रहेको थियो । ‘नागरिकको सहयोगले मात्रै समाजमा शान्ति स्थापन गर्न प्रहरी सफल हुन्छ,’ उनले भने ‘ हरेक नागरिकले प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्नु होला ।’ डिएपी राजन गौतमले पछिल्लो समय प्रविधिको प्रयोग गरेर अपराधिक घटना हुने गरेको भन्दै त्यस तर्फ प्रहरीले ध्यान केन्द्रित गर्ने बताए ।

व्यवसायीले आफ्नो व्यवसाय भएको स्थानमा गुणस्तरिय सिसी टिभी जडान गरेमा चोरी हुन बाट बच्न सकिने उनको सुझाव थियो । त्यस्तो अवस्थामा चोरी भएपनि दोषीलाई पक्राउ गर्न सहज हुने उनको विश्वास थियो ।बाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले संघले व्यावसायिक हित मात्र नभइ सामाजिक कार्यमा पनि सक्रियताका लागि हात अगाडि बढाउने हुँदा समाजको शान्तिका लागि मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

संघका यसअघिका अध्यक्ष नारायणप्रसाद भुसालले पछिल्लो समय जिल्लामा लागु औषध सेवन कर्ताहरुको संख्या बढेको प्रति चिन्ता जाहेर गर्दै समयमै त्यसबारे कदम चाल्न आग्रह गरे ।

कार्यक्रमलाई संघ पूर्व अध्यक्ष चन्द्रराज पन्त,पूर्व सचिव सुन्दर गौतम, घोराही हाडवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसी लगाएतकाले मनतब्य ब्यक्त गरेका थिए । धन्यवाद मनतब्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की र सहजीकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]