
Snmbs
Snmbs
Dpm
Pbu
dpm
Mbf
Sdc
snmbs
Gesld
Dbc
Ges


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार ६४५ जनाले परीक्षा दिएका छन् । ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३७२ परीक्षा केन्द्रमा तोकिएको थियो ।
दशैंभन्दा अगाडि नै नतिजा
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०) ले एसईई ग्रेडबृद्धि –पूरक) परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने जनाएको छ ।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण सुरु भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनले भने, ‘अहिले उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । दशैंअघि नै नतिजा सार्वजनिक गर्छौं ।’ पनिकाको अनुसार अहिले विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।
त्यस्तै अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडबृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।
