
Lsbus
Gss
Ssbus
Ssbus
Pbu
Gis
Ksbus
Ksbus
Gms
Lsbus
Ssbus
Gsbus
Ses
Gsbus
Gis
Ksbus
bpmhl
Rsbus
Bsbus
Gis

Rsb
Pvg
Bbu
nsb
Bbbpu
Rgs
Rgu
Tsm
Sls
Ksm
Asm
Vor
Rgu
Ggd
Ssm
Wsp
Hal
Gst
Sbs

Rmb
Rpp
Mks
Syp
Abd
bbt
sab
Jmb
Bml
Gsb
Ptm
Jmb
Pls
दाङ । बैदेशिक रोजगारबाट फर्किएका हरुको हकहितको लागी गाउँपालिका स्तरीय सञ्जाल विहिवार गढवामा गठन गरिएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा गढवा गाउँपालिकामा बैदेशिक रोजगारबाट फर्किएकाहरुको हकहितका लागि पालिका स्तरीय सञ्जालको गठन गरिएको हो। गढवा गाउँपालिकाको आठ वटै वडाबाट प्रतिनिधित्व हुने गरी बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बैदेशिक रोजगारबाट विभिन्न कारणले स्वदेश फर्किएका युवायुवतीहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने तर्फ आफु अग्रसर रहेको र स्वरोजगार गर्न चाहने युवाबर्गलाई चाहिने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको जानकारी दिनु भयो । बैदेशिक रोजगार भने जस्तो सहज नभएको भन्दै स्वदेशमै काम गर्न चाहने युवाहरुलाई सहज वातावरण सिर्जना गर्ने पालिका तयार रहेको जानकारी दिनु भयो।
बैदेशिक रोजगारमा जाने चाहने युवाहरुलाई त्यही अनुरूप छुट्टै कार्यविधि बनाएर सिप विकास तालिम दिन खोजेको योजना बनाएको बताउनु भयो। गढवा गाउँपालिकामा अहिलेसम्म बैदेशिक रोजगारमा जाने आउनेहरुको कुनै डाटा नभएको भन्दै त्यस तर्फ आफु छिट्टै पहल गर्ने र बैदेशिक रोजगारमा जाने आउनेहरुका सम्पूर्ण विवरण राख्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त समेत गर्नु भयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले बैदेशिक रोजगारमा जाँदा भोग्नु परेको समस्यालाई सजिलै अनुमान लगाउन नसकिने भन्दै स्वदेश मै रोजगारको अवसर सिर्जना गर्न पहल गर्ने बिचार राख्नु भयो । रोजगारको लागी खाडी लगायतका देशमा पाएको दुख सम्झेर आफ्नै देशमा लगानी गरेर ब्यवसयिक रुपमा लाग्न युवाहरुलाई अनुरोध गर्नु भयो। सुरक्षित अप्रवास (सामी) कार्यक्रमको दाङ जिल्ला संयोजक बसन्ता पुनले कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो।
बैदेशिक रोजगारबाट फर्किएका हरुको हकहितका लागि सञ्जालको गठन आवश्यक रहेको भन्दै बैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सक्रिय रुपमा लाग्न अनुरोध समेत गर्नु भएको थियो। सञ्जालले कृष्ण बहादुर आले मगरको संयोजकत्वमा आठ सदस्य तदर्थ समिति गठन गरेको छ। जस्को सदस्यहरुमा सम्भु श्रेष्ठ,सन्तराम योगी,रामलाल राना,भोजराज बुढा मगर,सन्दिप चौधरी रहनु भएको छ।
त्यस्तै उक्त कार्यक्रममा लमही नगरपालिकाको मनो परामर्शकर्ता निमा भट्टराई,स्वयम् सेवक केवल चौधरी लगायतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले गर्नु भएको थियो।
