सनिउल्ला धोबी/कपिलबस्तु बिहिबार, भाद्र १६, २०७९

कपिलबस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो।

सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे त्यसको अर्को दिनसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गर्यो । त्यसपछि मिति २०७९ साउन २५ गते प्रारम्भिक योग्यताको सूचना प्रकाशित गर्‍यो । नगरपालिकाले सो सुचनामा १० जनाको नाम सहित समाबेश गरेको थियो ।

शिवराज नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ अनुसार नै प्रारम्भिक योग्यता क्रमको सुचि प्रकाशन गर्‍यो । तर शिवराज नगरपालिकाले नै निर्माण गरेको स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को धज्जि उडाउदै ६ दिन ढिलो सूचना प्रकाशन गरेको छ ।

नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । मापदण्डमा १० दिन भित्रै सुचि प्रकाशित गर्नु पर्छ भनेर स्पष्ट लेखिएपनि शिवराज नगरपालिकाले ६ दिन ढिलो सूचना प्रकाश्न गरि चुकेको छ ।

दरबन्दी र पदपूर्ति सम्बन्धि प्रारम्भिक योग्यताक्रमको सुचि प्रकशन गर्न बनेको बमोजिम दफा नं ५ को उपदफा (१) बमोजिमको सूचनामा तोकिएको म्याद भित्र प्रप्त हुन आएका आबेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको १० दिन भित्र योग्य ठहरिएका मध्येबाट १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यता क्रम सुचि प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले हस्ताक्षर गरेको सुचनामा मापदण्डको ख्यालै नगरी सूचना प्रकाशित गरिएको छ । १० दिन भित्रै प्रकाशन हुनु पर्न सुचना ६ दिन ढिलो प्रकाशित भएको प्रति शिवराज नगरवासी आशंका ब्यक्त गरेका छन् । त्यस्तै दरखास्त दिएकाहरुले सूचना ढिलो प्रकाशित गरेको कार्य गम्भीर विषय भएको बताएका छन् । दरखास्त दिएका एकजनाले नाम नबताउने सर्तमा नगरपालिका भित्र आन्तरिक चलखेल भएको बताए । उक्त सुचना केहि जनप्रतिनिधिको आसेपासेको लागि खुलाएको भन्ने आंशका व्यक्त गरे । उनले भने “सुचना ढिलो आयो यो दुखत पक्ष हो,कस्को सेटिङ्गमा यस्तो भयो ?”उक्त रोजगार सहायकको लिखित परिक्षा अझैसम्म भएको छैन । शिवराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालको सरुवा भइ स्याङ्जाको पुतलीबजार नगरपालिका गइसक्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]