
Ssbus
Rsbus
Gsbus
Ksbus
Ssbus
Ksbus
ebg
Gis
Pbu
Bsbus
Gsbus
Gis
Gsl
Gms
Gss
Ssbus
Lsbus
Ksbus
bpmhl
Lsbus

Rgu
Ssm
Bbbpu
Sbs
Bbu
Ggd
Rgs
Rsb
Tsm
Hal
Vor
nsb
Gst
Rgu
Wsp
Ksm
Asm
Pvg
Sls

Rpp
Gsb
Jmb
bbt
Jmb
Syp
sab
Abd
Ptm
Rmb
Bml
Mks
Pls
कपिलबस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते रोजगार सहायक भर्नाका लागि सूचना प्रकाशित गर्यो।
सूचनामा दरखास्तमा दिने अन्तिम म्याद मिति २०७९ साउन ९ गते तोकियो । पालिकाले साउन ९ गते विदा परे त्यसको अर्को दिनसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख गर्यो । त्यसपछि मिति २०७९ साउन २५ गते प्रारम्भिक योग्यताको सूचना प्रकाशित गर्यो । नगरपालिकाले सो सुचनामा १० जनाको नाम सहित समाबेश गरेको थियो ।
शिवराज नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ अनुसार नै प्रारम्भिक योग्यता क्रमको सुचि प्रकाशन गर्यो । तर शिवराज नगरपालिकाले नै निर्माण गरेको स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को धज्जि उडाउदै ६ दिन ढिलो सूचना प्रकाशन गरेको छ ।
नगरपालिकाले स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धि मापदण्ड २०७८ को बेवास्ता गर्दै प्रक्रिया अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । मापदण्डमा १० दिन भित्रै सुचि प्रकाशित गर्नु पर्छ भनेर स्पष्ट लेखिएपनि शिवराज नगरपालिकाले ६ दिन ढिलो सूचना प्रकाश्न गरि चुकेको छ ।
दरबन्दी र पदपूर्ति सम्बन्धि प्रारम्भिक योग्यताक्रमको सुचि प्रकशन गर्न बनेको बमोजिम दफा नं ५ को उपदफा (१) बमोजिमको सूचनामा तोकिएको म्याद भित्र प्रप्त हुन आएका आबेदन मध्येबाट पदपूर्ति समितिले म्याद समाप्त भएको १० दिन भित्र योग्य ठहरिएका मध्येबाट १० जना र नभएमा उपलब्ध संख्याका उम्मेदवारको प्रारम्भिक योग्यता क्रम सुचि प्रकाशन गर्ने उल्लेख गरिएको छ ।
तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले हस्ताक्षर गरेको सुचनामा मापदण्डको ख्यालै नगरी सूचना प्रकाशित गरिएको छ । १० दिन भित्रै प्रकाशन हुनु पर्न सुचना ६ दिन ढिलो प्रकाशित भएको प्रति शिवराज नगरवासी आशंका ब्यक्त गरेका छन् ।
त्यस्तै दरखास्त दिएकाहरुले सूचना ढिलो प्रकाशित गरेको कार्य गम्भीर विषय भएको बताएका छन् । दरखास्त दिएका एकजनाले नाम नबताउने सर्तमा नगरपालिका भित्र आन्तरिक चलखेल भएको बताए । उक्त सुचना केहि जनप्रतिनिधिको आसेपासेको लागि खुलाएको भन्ने आंशका व्यक्त गरे । उनले भने “सुचना ढिलो आयो यो दुखत पक्ष हो,कस्को सेटिङ्गमा यस्तो भयो ?”उक्त रोजगार सहायकको लिखित परिक्षा अझैसम्म भएको छैन । शिवराज नगरपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालको सरुवा भइ स्याङ्जाको पुतलीबजार नगरपालिका गइसक्नु भएको छ ।
