
Sdc
Snmbs
sjnsplk
Amb
Mbf
snmbs
Pbu
Ges
pvg
Gesld
rgs
Dpm
Dbc
dpm
Snmbs


दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले बुधबार बिहान् आफ्नो कार्यालयमा पत्रकारहरुसंग कुराकानीमा नयाँ कार्ययोजना तथा एजेण्डा नभएता पनि आफ्नो काम,कर्तब्यलाई प्रभावकारी एवं सृजनशील ढंगले सम्पादन गर्ने योजना रहेको बताएका छन् ।
समाजमा शान्ति सुरक्षा कायमगरि अपराध नियन्त्रण तथा रोकथाम गर्ने पहिलो प्राथमिकता रहेको दाङ एसपी ओलीले बताए । गुण्डागर्दी गर्ने व्यक्तिको निगरानी,पहिचान फरार अपराधको खोजी र कानुन बमोजिम कारबाही गर्ने कार्य योजना रहेको एसपी ओलीले बताए ।
यस्तै लागू औषध कारोबार रोकथाम तथा नियन्त्रण गर्ने,चोरी तस्करी कालो बजारी तथा अवैध मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्ने,फरार अपराधीको खोजीलाई तीब्र बनाउने र उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने उनको योजना रहेको छ ।
यसैगरी एसपी ओलीले प्रविधि मैत्री,लैगिक मैत्री एवं नागरिकमैत्री प्रहरी सेवाको निरन्तरता,महिला हिंसा विरुद्ध अभियान लगायतका कार्यक्रम जारी राख्ने उल्लेख गरेका छन् । मानव अधिकारको सम्मान संरक्षण तथा कानुनी राज्यको प्रत्याभूति, ट्राफिक व्यवस्थापनका लागि सुधार एवं सडक सुरक्षा योजना बनाइ कार्यान्वयनमा ल्याउने,चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयारगरि कार्यान्वयन गर्ने,निर्वाचन लक्षित विशेष सुरक्षा योजना तयारगरि कार्यान्वयन गर्ने प्रहरी प्रमुख एसपी ओलीको योजना रहेको बताएका छन् ।
त्यस्तै प्रहरी समुदाय साझेदारी कार्यक्रमको प्रभाव कारितालाई निरन्तरता दिने, कार्यालयका भौतिक संरचना निर्माण र संस्थागत विकास, विगतका प्रतिवद्धता र अधुरा कार्यको पूर्णता एवं निरन्तरता, प्रहरीको ब्यवसायिकता, पारदर्शिता र कुशलतामा जोड दिने उनको प्रतिवद्धता छ । उक्त पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता (डिएसपी) राजन गौतम प्रहरी निरीक्षक लगायत दाङ जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
