टेकबहादुर पुन आइतबार, भाद्र १२, २०७९

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरीले ५ जनालाई सल्लाहकारमा चयन गरेको छ ।

क्षेत्रिय समितीले १ जना प्रबक्ता र १ जनालाई आमन्त्रित क्षत्रिय सदस्यमा समेत चयन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले सँगठनलाई सुदृढ गर्न सल्लाहकारहरु नियुक्त गरेको हो ।

क्षेत्रिय समितीको क्षेत्राधिकार भित्र पर्ने विभिन्न पालिका र वडाहरुबाट समाबेसी तवरले सल्लाहकार हरु चुनिएको छ । त्यस्तै क्षेत्रिय समितीको सल्लाहकार हरुमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बाट शुसिला चौधरी,गढवा गाउँपालिका वडा नम्बर ६ बाट सकुन्तला डिसी,घोराही उपमहानगर पालिका वडा नम्बर ५ बाट खड्क बहादुर बिक, राजपुर गाउँपालिका वडा नम्बर ३ बाट रामप्रताप यादब र लमही नगरपालिका वडा नम्बर ५ बाट रत्न प्रसाद श्रेष्ठ सर्बसहमती बाट चयन भएका छन ।

क्षेत्रिय समितीले क्षेत्रिय सदस्य अजय न्यौपानेलाई समितीको प्रबक्तामा नियुक्त गरेको छ । त्यस्तै आमन्त्रित वडा सदस्यमा खनेश्वर गुप्ता ‘भुलन’ लाई नियुक्त गरिएको प्रबक्ता अजय न्यौपानेले जानकारी दिए । बिधान अनुसार पार्टीको सँगठनलाई मजबुत बनाउन विभिन्न समितीहरु गठन गर्दै जाने क्षेत्रिय सभापती भेषराज पाण्डेयले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]