Sidha Patra शुक्रबार, भाद्र १०, २०७९

दाङ । दाङ जिल्ला तेक्वान्दो संघले आफ्नो कार्यालय स्थापना गरेको छ । संघले तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १७ बेलझुण्डीमा आफ्नो कार्यालय स्थापना गरेको हो । निश्चित स्थानबाट कार्यालय सञ्चालन गरेर काम कार्वाहीलाई अगाडी बढाउदा तेक्वान्दो खेलाडीहरु खुशी भएका छन् ।

२०५७ सालमा स्थापना भई तेक्वान्दो खेलको विकासका लागी काम गर्दै आएको संघले आजदेखी अव आफ्नै कार्यलयबाट आफ्ना कामलाई अघि बढाउने संघका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिनुभयो । २०७८ सालबाट कार्यभार सम्हालेको अधिकारी नेतृत्वको टोलीले जिल्लामा पहिलो पटक कार्यालय नै स्थापना गरेर आफ्ना गतिविधिलाई सञ्चालन गरेको हो ।

संघले जिल्लामा सञ्चालनमा रहेका डोजाङहरुको गतिविधि तथा गर्ने काम कामकार्वाहीमा समन्वय, सहयोग र सहकार्य र्गर्ने काम गर्दै आएको छ । उहाँका अनुसार अहिले जिल्लामा सञ्चालनमा रहेका ४० वटा डोजाङबाट २५ सय देखी ३ हजारसम्म खेलाडीले खेल खेल्दै आएका छन् ।

त्यस्तै कोरियाबाट सुरु भएको यो खेल नेपालमा २०३९ सालबाट खेल्न शुरु गरिएको हो । पछिल्लो समय तेक्वान्दोप्रति चासो राख्ने र खेल्ने हरु ब्यक्तिको सँख्या बढ्दै गएको छ । तेक्वान्दो खेलसँगै स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्ययाम पनि हो । तेक्वान्दो गेरुगी र पुम्से विद्यामा खेल्न सकिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]