
Gsbus
Gss
Pbu
Nssbush
Gsbus
Ses
Ksbus
Ssbus
Lsbus
Gis
Lsbus
bpmhl
Ksbus
Gis
ebg
Rsbus
Gms
Bsbus
Ksbus
Gsl

Tsm
Ksm
Hal
Rgu
Sls
Vor
Sbs
Rgu
Wsp
Asm
Rgs
Bbu
Ssm
Pvg
nsb
Rsb
Ggd
Bbbpu
Gst

bbt
Rmb
Gsb
Abd
Mks
Pls
Jmb
Bml
Syp
Jmb
Ptm
Rpp
sab
दाङ । दाङ जिल्ला तेक्वान्दो संघले आफ्नो कार्यालय स्थापना गरेको छ । संघले तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर १७ बेलझुण्डीमा आफ्नो कार्यालय स्थापना गरेको हो । निश्चित स्थानबाट कार्यालय सञ्चालन गरेर काम कार्वाहीलाई अगाडी बढाउदा तेक्वान्दो खेलाडीहरु खुशी भएका छन् ।
२०५७ सालमा स्थापना भई तेक्वान्दो खेलको विकासका लागी काम गर्दै आएको संघले आजदेखी अव आफ्नै कार्यलयबाट आफ्ना कामलाई अघि बढाउने संघका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिनुभयो । २०७८ सालबाट कार्यभार सम्हालेको अधिकारी नेतृत्वको टोलीले जिल्लामा पहिलो पटक कार्यालय नै स्थापना गरेर आफ्ना गतिविधिलाई सञ्चालन गरेको हो ।
संघले जिल्लामा सञ्चालनमा रहेका डोजाङहरुको गतिविधि तथा गर्ने काम कामकार्वाहीमा समन्वय, सहयोग र सहकार्य र्गर्ने काम गर्दै आएको छ । उहाँका अनुसार अहिले जिल्लामा सञ्चालनमा रहेका ४० वटा डोजाङबाट २५ सय देखी ३ हजारसम्म खेलाडीले खेल खेल्दै आएका छन् ।
त्यस्तै कोरियाबाट सुरु भएको यो खेल नेपालमा २०३९ सालबाट खेल्न शुरु गरिएको हो । पछिल्लो समय तेक्वान्दोप्रति चासो राख्ने र खेल्ने हरु ब्यक्तिको सँख्या बढ्दै गएको छ । तेक्वान्दो खेलसँगै स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्ययाम पनि हो । तेक्वान्दो गेरुगी र पुम्से विद्यामा खेल्न सकिन्छ ।
