
Rgp
Srbpu
Sgr
pku
Ggp
Rgp1
Lnp
Unsku
cjs
Gfs
Djs
Pbu
Pes
sbs

nsb
Asm
Pvg
Ksm
Rsb
Vor
Wsp
Ggd
Ssm
Gst
Bbu
Bbbpu
Hal
Rgu
Sbs
Tsm
Sls
Rgs
Rgu

Pls
Rmb
Jmb
bbt
Mks
Abd
Syp
Rpp
sab
Jmb
Ptm
Bml
Gsb
दाङ । देउखुरीको गढवा स्वास्थ्य चौकीमा नि:शुल्क भिडियो एक्सरे सेवा सुचारू भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले उपलब्ध गराएको भिडियो एक्सरे सेवा सुचारू भएपछि गढवा गाउँपालिका भित्रका गर्भवती महिलाहरूलाई लमही,घोराही लगायतको ठाउँमा भिडियो एक्सरे गर्न जान नपर्ने भएको छ ।
मंगलवार गढवा स्वास्थ्य चौकी सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर आले मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता एवम् गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिष्ट आतिथ्यमा सो मेसिन मन्त्री थारूले स्वास्थ्य चाैकीलाई हस्तान्तरण गरि उद्घाटन गरेका छन् ।
गाउँमा नै गर्भ जाँच गर्न भिडियो एक्सरे सेवा सुरु भएपछी स्थानीयलाई गर्भवती तथा नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न चर्को मुल्यमा अन्यत्र जानु पर्ने बाध्यताबाट छुटकारा पाएका छन् । गाउँमै भिडियो एक्सरे मेसिन उपलब्ध भएपछि महँगो खर्च तिरेर लमही, घोराही, बुटवल जानुपर्ने बाध्यता अव विस्तारै हटने विश्वास गढवा गाउँपालिकाले लिएको छ ।
गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुको बिशेष सहयोगमा गढवा गाउँपालिकालाई तिन वटा भिडियो एक्सरे मेसिन प्राप्त भएको छ। तिन वटा भिडियो एक्सरे मेसिन मध्ये गढवा, गंगापरस्पुर र गोबरडिया स्वास्थ्य चौकीलाई एक एक थान भिडियो एक्सरे मेसिन हस्तान्तरण भएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले “ग्रामीण क्षेत्रका अधिकांश गर्भवतीहरुलाई गर्भाअवस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ । भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु परेकोले ग्रामीण क्षेत्रमा हुने नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन भिडियो एक्सरे मेसिनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ बताए । त्यसै गरी गढवा स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन पनि स्वास्थ्य मन्त्री चौधरीले हस्तान्तरण गरेका छन् ।
त्यस्तै डिजिटल भिडियो एक्सरे मेसिनको प्रयोगले ग्रामीण क्षेत्रका महिलाहरुले आफनो अवस्था थाहा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने गढवा स्वास्थ्य चौकी गढवामा कार्यरत अनमी मञ्जु श्रेष्ठले बताए । आफूले भिडियो एक्सरे मेसिन प्राप्त गरिसकेपछि समयकै गर्भवती महीलाको स्वास्थ्य अवस्था पत्ता लगाएर रिफर गरेर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुग्ने उनको भनाई छ ।
यस्तै भिडियो एक्सरे मेसिन सञ्चालनको तालिम प्राप्त गरिसकेपछि स्वास्थ्य चौकीमै बच्चा उल्टो छ की सुल्टो भनेर पत्ता लगाउन सक्ने श्रेष्ठको भनाई छ। कतिपय अवस्थामा महिलाको पाठेघर भन्दा तल नै बच्चा बसेको हुन्छ यदी यो अवस्था सुरुमै पत्ता लगाउन सके महिलाको ज्यान जोगाउन सकिने उनको भनाई छ।
उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगी, वडा नम्बर – ५ का अध्यक्ष लेखराज थापा, वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी,६ नम्बर वडा सदस्य मानु कुमाल,गढवा गाउँपालिकाका योजना शाखा प्रमुख कुलराज कुमाल, स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी,गढवा स्वास्थ्य चौकीका डाक्टर केदार अधिकारी,खुमानन्द पोख्रेल,शिव हमाल,कोईलाबास स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद आचार्य, गोबरडिहा स्वास्थ्य चौकीका प्रमुख ज्ञान कुमार बसेल,महिला स्वयं सेविका सकुन्तला डिसी,प्रभा यादव,दयाराम यादव,एकीकृत समाजवादीका राम प्रसाद गैरे,महिला स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उषा पाण्डे,सिबित्रा घिमिरे,सुमित्रा चौधरी,बिष्णु घर्ती, सुनिता घर्ती,बसन्ता खनाल,कालीदेवी कुमाल,सिता चौधरी,छायाँ सिंह ठकुरी लगायतकाको उपस्थिति रहेको थियो।
