
pku
Srbpu
Lnp
Ggp
Rgp1
Rgp
Pbu
Unsku
Sgr

Rgs
Gst
nsb
Rgu
Pvg
Ssm
Bbu
Vor
Bbbpu
Ksm
Asm
Tsm
Sbs
Hal
Sls
Ggd
Wsp
Rgu
Rsb

Jmb
Gsb
sab
Jmb
Abd
Bml
Rmb
Ptm
Mks
Rpp
Syp
Pls
bbt
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर र घोराहीबाट पक्राउ परेका पत्रकारसहित ८ जनालाई तत्काल रिहाइको माग गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्द शान्तिपूर्ण गर्ने र शान्तिपूर्ण तरिकाले नेता कार्यकर्ताहरू सडक, सहरमा उपस्थित भइरहेको सन्दर्भमा राज्य पक्षबाट अनावश्यक आतङ्कित पार्ने, भए र त्रास सृजना गर्ने जस्ता हर्कत गरेको भन्दै विरोध जनाएको छ ।
सेक्रेटरी प्रदिपद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण बन्दमा सहभागि भइरहेको बेला तुलसीपुरको विरेन्द्र चोकबाट कार्यकर्तामाथि हस्तक्षेप, धरपकडको, लछार र पछार गरी मजदुर नेता सञ्जय वली, युवा नेता सुदर्शन, दिपेन्द्र र पत्रकार हेमन्त वली तथा घोराहीबाट विद्यार्थी नेताहरू क. सुमन, क. टार्जन, क. हिमाल सहित ४ जनालाई गिरफ्तार गरेको भन्दै गिरफ्तारीको घोर भर्त्सना गर्दै तत्काल रिहाइ गर्न जोडदार माग गरेका छन् । यदि अनावश्यक रूपमा राजनीतिक प्रतिशोधका कारण रिहा नगरी दुःख दिएमा थप संघर्ष र आन्दोलनका कार्यक्रम गर्न वाध्य पनि विज्ञप्तिमा उल्लेख छ ।
हामीले तोडफोड र आगजनी गरेका छैनौँ
नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्द कार्यक्रम बिहान ५ बजे देखी बेलुका ५ बजे सम्म रहेको जनाएको छ । साथै , बन्दमा आगजनी तथा तोडफोडका कुनै कार्यक्रम नभएको हुँदा उक्त समय भन्दा अगाडि घोराहीको बबई खोलामा भएको टिपर आगजनी आफ्नो पार्टीको तर्फबाट नभएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।
निर्धारित समय भन्दा अगाडि पछाडि हुने जति पनि गतिविधि अराजक समूह तत्व र यो दलाल व्यवस्थाको चरम संकट,असफल,आन्तरिक खिचातानी र द्धन्दका कारण हुने गरेको पनि जनाएको छ । यस्तै,नेपाल कम्युनिस्ट पार्टी र राज्य पक्ष बिच भएको ३ बुँदे सहमति कार्यान्वयन,चर्को मूल्य वृद्धि, एमसीसी र एसपीपी विरुद्धमा चरण बद्ध सङ्घर्षका कार्यक्रम सहित गरिएको पनि पार्टीले जनाएको छ । हेर्नुहोस बिज्ञप्ती 
