Sidha Patra मंगलबार, भाद्र ०७, २०७९

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर र घोराहीबाट पक्राउ परेका पत्रकारसहित ८ जनालाई तत्काल रिहाइको माग गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्द शान्तिपूर्ण गर्ने र शान्तिपूर्ण तरिकाले नेता कार्यकर्ताहरू सडक, सहरमा उपस्थित भइरहेको सन्दर्भमा राज्य पक्षबाट अनावश्यक आतङ्कित पार्ने, भए र त्रास सृजना गर्ने जस्ता हर्कत गरेको भन्दै विरोध जनाएको छ ।

सेक्रेटरी प्रदिपद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण बन्दमा सहभागि भइरहेको बेला तुलसीपुरको विरेन्द्र चोकबाट कार्यकर्तामाथि हस्तक्षेप, धरपकडको, लछार र पछार गरी मजदुर नेता सञ्जय वली, युवा नेता सुदर्शन, दिपेन्द्र र पत्रकार हेमन्त वली तथा घोराहीबाट विद्यार्थी नेताहरू क. सुमन, क. टार्जन, क. हिमाल सहित ४ जनालाई गिरफ्तार गरेको भन्दै गिरफ्तारीको घोर भर्त्सना गर्दै तत्काल रिहाइ गर्न जोडदार माग गरेका छन् । यदि अनावश्यक रूपमा राजनीतिक प्रतिशोधका कारण रिहा नगरी दुःख दिएमा थप संघर्ष र आन्दोलनका कार्यक्रम गर्न वाध्य पनि विज्ञप्तिमा उल्लेख छ ।

हामीले तोडफोड र आगजनी गरेका छैनौँ

नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्द कार्यक्रम बिहान ५ बजे देखी बेलुका ५ बजे सम्म रहेको जनाएको छ । साथै , बन्दमा आगजनी तथा तोडफोडका कुनै कार्यक्रम नभएको हुँदा उक्त समय भन्दा अगाडि घोराहीको बबई खोलामा भएको टिपर आगजनी आफ्नो पार्टीको तर्फबाट नभएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।

निर्धारित समय भन्दा अगाडि पछाडि हुने जति पनि गतिविधि अराजक समूह तत्व र यो दलाल व्यवस्थाको चरम संकट,असफल,आन्तरिक खिचातानी र द्धन्दका कारण हुने गरेको पनि जनाएको छ । यस्तै,नेपाल कम्युनिस्ट पार्टी र राज्य पक्ष बिच भएको ३ बुँदे सहमति कार्यान्वयन,चर्को मूल्य वृद्धि, एमसीसी र एसपीपी विरुद्धमा चरण बद्ध सङ्घर्षका कार्यक्रम सहित गरिएको पनि पार्टीले जनाएको छ । हेर्नुहोस बिज्ञप्ती 

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]