
Gesld
Ges
Mbf
Snmbs
Dpm
Dbc
dpm
Snmbs
Sdc
Pbu
snmbs


दाङ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बलियो उम्मेदवार भएको बताएका छन् ।
प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर १ बाट बलियो उम्मेदवारको रूपमा खड्कालाई हेरिएको छ। गठबन्धन भएको खण्डमा कसले टिकट पाउने भन्ने भएपनि कांग्रेसको बलियो उम्मेदवारको रूपमा उनलाई हेर्न थालिएको हो ।
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि छोरा अनुराग राजनीतिमा सक्रिय छन्। बुवाको निधनपछि उनले बुवाको सपनालाई साकार पार्ने वचन दिएका थिए।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि खड्काले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका छन्। खड्काले टिकट दाबी गरेपछि उनको बारेमा चर्चा हुन थालेको छ । खड्का ११ वर्ष विदेशमा थिए। बुवाको सपना पूरा गर्न देश फर्किएका हुन्। स्कटल्याण्डमा मास्टर्स गरेका उनी दाङको लागि केही गर्न फर्किएकाे बताउँछन्।
‘हो जनसम्पर्क सोचेको जस्तो छैन होला । बुवापछि धेरै कुराहरू छ हेर्नुपर्ने। घर, आमा, काम। एउटा मौका खोजेको हो’, उनले भने, ‘कोभिडको बेलामा जनतामाझ म नै थिएँ। स्थानीय तह निर्वाचनमा लमही नगरपालिका र राजपुर गाउँपालिकामा उम्मेदवारको सही पहिचान गरेको हो। राप्ती गाउँपालिकाको लागि बुद्धिप्रकाश चौधरीलाइ भनेको थिएँ । उहाँले पाएको टिकट पनि खोसियो।’अन्य नेताहरूकाे जस्तै अनुभव नभए पनि पार्टीको लागि राम्रो बुझेको बताए। उनले आफू स्वार्थ पूरा गर्न र पैसाको लागि राजनीतिमा नआएको पनि बताए।
‘स्वार्थ र पैसाको लागि राजनीति गरेको होइन’, उनले भने, ‘बुवाले बनाएको ठाउँ हो। यसको हिफाजत गर्ने मेरो जिम्मेवारी हो। यो चुनाव आफ्नो लागि होइन, बुवा र जनताको लागि लड्ने हो ‘खुमबहादुर खड्कालाई दाङले भुल्न नसकेको सम्झना मतपरिणामबाट दिन खोजेको उनको प्रतिक्रिया छ।
‘यदि पहिलोपटक गरेको काम मन परेन भने अर्को पटक जनताले मौका दिने छैनन्। मेरो कोहीसँग न झगडा र न इख नै छ। सबै नेतालाई इज्जत गर्छु र सबैको साथ लिएर अघि बढ्छु’, उनले भने। राम्रो मनले आफू राजनीतिमा आएको र एक मौका पाउनुपर्ने उनको तर्क छ।
