Sidha Patra मंगलबार, भाद्र ०७, २०७९

दाङ । दाङमा बन्द गराउँदै डिड्ने ८ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीले घोराही र तुलसीपुरबाट ४/४ जनालाई नियन्त्रणमा लिएको हो ।

घोराही-१६ सर्रामा पसल बन्द गराउँदै हिड्ने चार जना र तुलसीपुरको बिरेन्द्र चोकमा सवारी साधान अवरोध गर्ने चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जना पक्राउ परेका छन् । शान्तिपूणर् ढंगले बन्द गराउन सडकमा गएका विद्यार्थी नेताहरूलाई प्रहरीले बिना कारण पक्राउ गर्नु निन्दनीय कार्य भएको र पक्राउ गरिएका ४ जनालाई निःसर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरका इन्चार्ज निर्मल केसीले बताउनुभयो ।

यस्तै तुलसीपुरबाट .हेमन्त प्रकाश वली, संजय वली, सुदर्शन र दिपेन्द्र चार जना पक्राउ परेको जिल्ला इन्चार्ज शितल वलीले जानकारी दिनु भयो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले चार जना बन्दकर्तालाई पक्राउ गरिएको अरु अवस्था सामान्य रहेको बताउनुभयो ।

त्यस्तै चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]