
Srbpu
Unsku
Rgp1
pku
Lnp
Pbu
Rgp
Ggp
Sgr

Bbu
Vor
Asm
Wsp
Sls
Ggd
Hal
Tsm
Bbbpu
Rsb
Gst
nsb
Rgu
Sbs
Pvg
Rgu
Rgs
Ssm
Ksm

Mks
Gsb
bbt
Rpp
Ptm
sab
Pls
Rmb
Syp
Abd
Bml
Jmb
Jmb
दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शितल वलीले जानकारी दिनुभयो ।
मंगलबार भोली नेपाल बन्द (विज्ञप्ति सहित) तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार,महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको इन्चार्ज वलीले बताउनुभयो । बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिनुभएको छ ।
बन्दको समयमा अस्पताल,होटल,चियाखाजा घर, एम्बुलेन्स, प्रेस,लगायतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने छ । प्रेसको दुरुपयोग धेरै भएकाले बास्तविक पत्रकार हो होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शितलले बताउनु भयो । बन्दमा सार्वजनिक सवारी साधन, उद्योग धन्दा,स्कुल,कलेज सबै भन्द गरिने पार्टीले जनाएको छ ।
