दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शितल वलीले जानकारी दिनुभयो ।
मंगलबार भोली नेपाल बन्द (विज्ञप्ति सहित) तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार,महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको इन्चार्ज वलीले बताउनुभयो । बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिनुभएको छ ।
बन्दको समयमा अस्पताल,होटल,चियाखाजा घर, एम्बुलेन्स, प्रेस,लगायतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने छ । प्रेसको दुरुपयोग धेरै भएकाले बास्तविक पत्रकार हो होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शितलले बताउनु भयो । बन्दमा सार्वजनिक सवारी साधन, उद्योग धन्दा,स्कुल,कलेज सबै भन्द गरिने पार्टीले जनाएको छ ।