दाङ । नेकपा (एकीकृत समाजवादी) लमही नगर कमिटीको अध्यक्षमा हिमाल अधिकारी चयन हुनुभएको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
अधिकारी अनेरास्ववियुकाे जिल्ला उपाध्यक्ष समेत हुनु भएको थियो । हाल अखिल नेपाल किसान महासंघको प्रदेश कमिटी सदस्य समेत रहनु भएको छ । अधिकारीले विगच पच्चीस वर्षदेखि निरन्तर राजनीतिक क्षेत्रमा क्रियाशील रहदै आउनु भएको छ । त्यस्तै अधिकारी पार्टीका कुशल संगठ पनि हुनुहुन्छ । बैठकले अध्यक्ष अधिकारीकाे नेतृत्वमा ७५ सदस्यीय कमिटी चयन गरेको छ ।