
pku
Ggp
Sgr
Lnp
Pbu
Srbpu
Unsku
Rgp1
Rgp

Rsb
Bbu
nsb
Asm
Tsm
Ggd
Gst
Wsp
Rgs
Rgu
Ssm
Sbs
Sls
Bbbpu
Vor
Hal
Rgu
Ksm
Pvg

Ptm
Syp
Gsb
Jmb
Rmb
Jmb
Pls
Bml
Abd
bbt
Rpp
sab
Mks
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखा माहिला बिभागको आयोजनामा पत्रकार महिलाका सवाल विषयक अन्तरक्रिया तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला शाखाउपाध्यक्ष तथा महिला विभाग प्रमुख बसुन्धरा गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रियामाबोल्ने बक्ताहरुले सामाजिक संरचनाकै कारण महिला पत्रकारहरुलाई समस्या भएको भन्दै यसलाई परिवर्तन गर्न आबस्यक रहेको बताएका थिए । सबै एकता र संघर्ष मार्फत अघि बढ्नु पर्नेमा जोड दिएका हुन् ।
महिला पत्रकारहरु लामो समयसम्म पत्रकारीता पेशामै टिक्न चुनौति रहेको हुँदा हरेक मिडियाहरु महिलामैत्रि हुनुपर्ने धारणा राखेका थिए । पछिल्लो समय विभिन्न कारणले पत्रकार महिला अन्य पेशामा पलायन हुँदै गएको बताउनुभयो ।
साथै नजिकीदै गरेको तिज पर्वलाई भड्किलो नभई सभ्य र संस्कार, संस्कृतिलाई संरक्षण गर्ने हिसाबले मनाउन आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,सल्लाहकार अध्यक्ष सुदिप गौतम,लक्ष्मी आचार्य,निवर्तमान उपाध्यक्ष लिला शाह,प्रदेश उपाध्यक्ष चुमा आचार्य, प्रदेश सदस्य पार्वति बस्नेत,प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम,केन्द्रिय सदस्य नारायणि रजौरे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण सहसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।
