शिबु खनाल/लमही बिहिबार, भाद्र ०२, २०७९

दाङ । राप्ती नदीमा पटेला पल्टिएको छ । पटेलामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् भने तिनजनाको अवस्था गम्भिर रहेको मा.वि.सिक्टाका प्रधानध्यापक विष्णु खत्रीले जानकारी दिए ।

बिहिवार विहान नौबजे लमही नगरपालिका वडा नम्बर ९ तरुलियाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ मा।वि।सिक्टा स्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो । क्षमता भन्दा बढी विद्यार्थी बोक्दा पटेल पल्टिएको हो भन्ने बुझिएको छ । पटेला पल्टिदा लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी मा।वि सिक्टा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक र सोही विद्यालय कक्षामा अध्यनरत १२ वर्षीय रिमा रामिजाल, कक्षा नौमा अध्यनरत १६ वर्षीय संदिप विक गम्भिर घाइते हुनु भएको छ ।

अन्य विद्यार्थीहरुको अवस्था सामान्य रहेको छ । घाइते विद्यार्थीहरु मा।वि सिक्टा कक्षा ६ भन्दा माथि पढ्ने विद्यार्थीहरु रहेका छन् । उक्त पटेला राजपुर गाउँपालिका वडा नम्बर ७ राताकाँस निवासी दिनाराम विकाले राप्ती नदीमा संचालन गर्दै आइरहनु भएको छ । माछा मार्नको लागि बनाइएको सातजना सवार गर्न मिन्ले पटेला संचालकका दिनराम विकका छोरा विष्णु विकले चलाएका थिए । पटेलामा सवार विद्यार्थीहरुको कापी, कलम, झोला सबै राप्ती नदीले बगाएको हो । उनिहरू मध्ये तिनजनाको अवस्था गम्भीर रहेको लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी निरज केसीले जानकारी दिए ।

माछा मार्न गएका तरुलिया निवासी विष्णु कुमालले पटेला पल्टिएको थाहा पाएपछि दुइजनाको उद्दार गरेका हुन् । पटेला पल्टिएको स्थानदेखि करिब पाँचसय मिटर तलबाट स्थानीयहरुले राप्ती नदीमा बगेका विद्यार्थीहरुलाई सकुशल उद्दार गरेका हुन् । घटनास्थलभन्दा करिब पाँचसय मिटर दक्षिणस्थित तर्फ घाटबाट विद्यार्थीहरुलाई उद्दार गरिएको हो । पटेलको अवस्था अझै अज्ञात छ । प्रत्येक दिन उक्त पटेलाबाट विद्यार्थीहरु घरबाट विद्यालय आवतजावत गर्दै आइरहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]