
dpm
Mbf
Dpm
Gesld
Snmbs
Ges
Amb
Pbu
Sdc
Dbc
Snmbs
rgs
snmbs


प्युठान। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धनलाई जनताले जवाफ दिने बताउनुभएकाे छ ।
नेकपा एमाले प्युठानले बिजुवारमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता प्रशीक्षण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले सरकारले गरेका गलत कामहरूको फैसला मंसिर ४ गते हुने निर्वाचनबाट जनताले गर्ने बताउनुभयो।
त्यस्तै एमाले मजबुत र शक्तिशाली रहेकाले एमालेविरुद्ध सत्तारुढ दलहरूले गठबन्धन गरेको बताउदै उपाध्यक्ष नेम्वाङले भन्नुभयो,’ एक्लै चुनाव लड्ने हाम्रो तयारी छ,जनताले अनुमोदन गनेमा हामी ढुक्क छौँ,’निर्वाचनमा एमाले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जाने जनाउदै उहाले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताउनुभयो।
प्रशीक्षण कार्यक्रममा पार्टी पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज विमला घिमिरे, पाेलिटव्युराे सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा,केन्द्रीय अनुशासन आयाेगका सदस्य झपेन्द्र जीसी,केन्द्रीय सल्लाहकार परिषदका सदस्य हिराबहादुर केसी,प्रदेश कमिटी सचिवालय सदस्य धनबहादुर रायमाझी लगायतले एमाले विरुद्ध सबै शक्ति एक ठाउँमा उभिएकाले एमालेका नेता कार्यकर्ता आफ्नो पार्टीलाई बलियो बनाउने काममा लाग्न निर्देशन समेत दिनुभयो। कार्यक्रममा नौ वटै पालिका र ६४ वडाका ८५० अगुवा नेता कार्यकर्ताकाे सहभागिता रहेको एमाले प्युठानले बताएको छ
