अजय मिश्र/कपिलवस्तु आइतबार, साउन २९, २०७९

कपिलवस्तु । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ को ‘ख’ बाट यस पाली प्रदेश सभाको निर्वाचनमा प्रदेश सदस्य उम्मेदवारीका लागि नेकपा एमालेबाट युवा नेता मिर्जा राशिद बेगको सम्भावना देखिएको छ । मिर्जा बेगले स्थानीय चुनाव सकिएपछि निरन्तर जनताको बीचमा रही नेकपा एमालेलाई थप बलियो बनाउनका लागि सक्रियपुर्वक लागेका छन् ।

स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने पुर्ण तैयारीमा रहे पनि स्थानीय जिल्ला, प्रदेश तथा केन्द्रका शिर्ष नेताहरुको आग्रहमा उम्मेदवारी नदिएका बेगले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने देखिएको छ । मंसिर ४ गते प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिने तैयारीमा रहेको मिर्जा राशिद बेगले बताए ।

मिर्जा राशिद बेग असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार यसपाली मिर्जा राशिद बेगलाई नेकपा एमाले पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

नेकपा एमाले कृष्णानगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरका नगर अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

स्थानीय निर्वाचनमा बेगलाई टिकट नदिए पनि मिर्जाले पार्टीको नीती, सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घरदैलो गरि मत माग्नमा निकै सहयोग पुर्याएका छन् । उनलाई पार्टीले प्रदेश सभा निर्वाचनका लागि टिकट दिए जीत्ने प्रबल सम्भावना देखिएको स्थानीयले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]