
Rgp1
Unsku
pku
Sgr
Rgp
Srbpu
Ggp
Lnp
Pbu

Rsb
Bbbpu
nsb
Vor
Pvg
Ggd
Rgs
Hal
Rgu
Bbu
Sbs
Asm
Sls
Gst
Wsp
Ssm
Ksm
Tsm
Rgu

Mks
bbt
Rpp
Syp
Gsb
sab
Jmb
Abd
Bml
Ptm
Pls
Rmb
Jmb
दाङ । राजपुर गाउँपालिकाले शैक्षिक सुधारका लागि र पढ्दै,कमाउदै कार्यक्रमलाई संचालन गर्न नाका क्षेत्रका तीनवटा माध्यमिक विद्यालयसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका जनप्रतिनिधिको टिमले सम्बन्धित विद्यालयमा पुगेर उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक,शिक्षक, अभिभावक तथा विद्यार्थीसंग छलफल कार्यक्रम सम्पन्न गरेको हो ।
जस अन्तरगत वडा नम्बर ६ खाङ्ग्रा नाका स्थित बालकल्याण माध्यमिक विद्यालयमा पहिलो छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षता तथा गाउँपालिकाका प्रवक्ता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर रोका मगरको अध्यक्ष र राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छलफल कार्यक्रममा अध्यक्ष बुढाथोकीले खाङ्ग्रा नाका एउटा कृषि पकेटको एरिया भएको हुँदा विद्यार्थीहरुलाई कृषिसंग जोडेर लैजानु पर्ने बताउनु भएको छ ।
त्यस्तै अध्यक्ष बुढाथोकीले कुखुरा,बाख्रा,माछा, बङ्गुर पालन तथा तरकारी खेती गर्न सकिने भएको हुँदा अब राजपुर गाउँपालिकाले नीरव्याज रकम उपलब्ध गराउने र उक्त रकमद्वारा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई पढाईसंगै व्यवसायी तिर जोड्ने बताउनु भयो । यस्तै उहाँले अबदेखि गरिब निमुखा पढ्न नसक्ने स्थिति भएका बालबालिकालाई राजपुर गाउँपालिकाले नि:शुल्क शिक्षासंगै रोजगारीसंग जोडेर अघि बढ्ने बताउनु भएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकास संयोजक ओमप्रकाश यादव,गाउँपालिकाका सूचना अधिकृत शरद रेग्मी,वडा नम्बर ७ का वडा सदस्य तथा गाउँपालिकाको आर्थिक लेखा संयोजक प्रमोद बस्नेत लगायतकाले बोल्नु भएको थियो ।
विद्यालयका शिक्षिका सरिता बुढाको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा समाजसेवी धनबहादुर गुरुङ,चित्रबहादुर राघु मगर,टोल विकास समितिका अध्यक्ष प्रेम बहादुर थापा लोकेन्द्र बिक,जयन्ती बुढा,विद्यार्थी मिना खड्का,अम्मर खड्का लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन सो विद्यालयका प्रधानाध्यापक राम सुरेश यादवले गर्नु भएको थियो ।

निर्माणधीन योजनाको निरीक्षण
छलफल कार्यक्रमपछि गाउँपालिका अध्यक्ष बुढाथोकी लगायत अन्य जनप्रतिनिधिले खाङ्ग्रा गाउँमा निर्माणधीन योजना मयूर ताल,दुर्गा मन्दिर, खानेपानीको लागि गाडिएको डीप बोर्डिङ्गको स्थलगत निरीक्षण गरेको छ ।

सो योजनाको निरीक्षणपछि गाउँपालिका अध्यक्ष बुढाथोकीले निर्माणधीन खानेपानी योजनाको लागि आवश्यक बजेट व्यवस्थापन गरि तत्काल खानेपानी संचालन गर्ने बताउनु भएको छ ।
त्यस्तै वडा नम्बर ७ को भौवा नाकाको शिव शक्ति माध्यमिक विद्यालयमा शनिबार शैक्षिक सुधार र “पढ्दै कमाउदै”भने कार्यक्रमको बारेमा एक कार्यक्रमको बीचमा छलफल भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर झाक्री मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकाद्वारा शिक्षा क्षेत्रलाई पहिलो ग्राहेता दिएर अघि बढीरहेको हुँदा विद्यालय व्यवस्थापन समिति,शिक्षक तथा अभिभावकले महत्त्वपूर्ण भूमिका निर्भा गरि शिक्षामा आमूल परिवर्तन ल्याउनमा सहयोग गर्न अनुरोध गर्नु भयो ।
गाउँपालिकाका सूचना अधिकृत शरद रेग्मीले शैक्षिक सुधार र “पढ्दै कमाउदै” भन्ने कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने समाजसेवी शेरबहादुर सार्की,क्षितिज झाक्री,मंगल खड्का लगायतले जिज्ञासा राख्नु भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक लिलाधर बिकले गर्नु भएको थियो ।
त्यस्तै सो विद्यालयमा संचालन रहेकोे शिशु कक्षा तथा आइ.सी. टि कक्षा र कम्प्युटर कक्षा र सोलार,ब्याट्रीको बारेमा बुझ्दै अध्यक्ष बुढाथोकीले थप बजेट छुटाएर अपुरा कार्यलाई व्यवस्थापन गरिदिने बताउनु भएको छ ।
यसैगरी राजपुर गाउँपालिकाको आयोजनामा संचालन रहेकोे शैक्षिक सुधार तथा “पढ्दै कमाउदै” छलफल कार्यक्रम भैसाही नाकामा रहेकोे गौरी शंकर माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर रोका मगरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छलफल कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकालाई नेपालकै नमूना गाउँपालिका बनाउनको लागि समाज एकजुट हुन जरुरी रहेको बताउनु भयो । त्यस्तै उहाँले चुनावको समयमा आफुले शिक्षालाई शुन्य शुल्कमा झार्नको लागि गरेका बचनहरु पूरा गरेको बताउनु भयो ।
पूर्व वडा नम्बर ७ का वडा सदस्य तथा न्यायक समितिका सदस्य लिलाराम बिकको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा धनपती देवी यादव,वडा नम्बर ७ का अध्यक्ष पुष्कर ओली लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन सो विद्यालयका प्रधानाध्यापक टंक बहादुर बिकले गर्नु भएको थियो ।
यस्तै गाँउपालिकाले ८ वटा माध्यमिक विद्यालयमा यो कार्यक्रम लागू गर्न थालेको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग,श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक,सिपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरु भएको हो ।
त्यस्तै यसरी भएको आम्दानीबाट २५ प्रतिशत विद्यालयको कोषमा र ७५ प्रतिशत विद्यार्थीका लागि छुट्याइने गगाउँपालिका कि उपाध्यक्ष धनपती देवि यादबले बताउनु भयो । विद्यालयमा पढ्दै कमाउदै स्वरोजगार बन्नका लागि यो कार्यक्रमले अभिप्रेरीत गर्ने छ । कार्यक्रम सन्चालनका लागि सुरुवाती सम्पुर्ण आर्थिक सहयोग राजपुर गाउँपालिकाले गर्ने राजपुर गाउँपालिकाका लेखा संयोजक प्रमोद बस्नेतले बताउनु भयो ।
यस्तै स्थानीय तह,सरकारी तथा गैरसरकारी निकाय वा कसैको सहयोग पाएमा कार्यक्रम सन्चालन गर्न सहज हुने बस्नेतको भनाई छ । यो कार्यक्रम आउदो आर्थिक वर्षदेखी कार्यन्वयन सुरु हुने उहाँले बताउनु भएको छ । त्यस्तै राजपुर गाउँपालिकाका प्रबक्ता श्याम बहादुर रोका मगरले यो कार्यक्रमले गरिब बिपन्न परिवारलाई लक्ष्यित गरेर सुरुवात गरिएको बताउनु भयो । वडा नम्बर २ का अध्यक्ष ओम प्रकाश यादबले यतिबेला गाउँपालिकाको टिम सहित बिद्यालयमा पुगिरहेको बिद्यार्थि र अभिभावकबाट राम्रो प्रतिक्रिया आएको बताउनु भएको छ । त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीले शैक्षिक गुणस्तर सुधार्न पालिकाले यो अभियान चालेको बताउनु भयो ।
त्यस्तै गाउँपालिकाले यस अघि राजपुर गाउँपालिकाको वडा नम्बर ३ खरदरियामा रहेको शंकर माध्यमिक विद्यालयमा छलफल कार्यक्रम गरिसकेको छ भने अब अन्य ४ ओटा विद्यालयमा तत्काल यसैगरी छलफल कार्यक्रम अघि बढाउने राजपुर गाउँपालिकाले जनाएको छ ।
निर्वाचित भैसकेपछि पहिलोपटक गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले आफ्नो टिम लिएर नाका क्षेत्रमा जादै गर्दा त्यहाँका बुद्धिजीवी तथा युवाहरुले यो कार्यक्रमसंगै प्रमुख बाटो,संचार, बिजुली,खानेपानी र दक्ष पशु तथा कृषि प्राविधिकको व्यवस्था गरि दिन आग्रह गरेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा उठेका जिज्ञासालाई गाउँपालिका अध्यक्ष बुढाथोकीले अहिले बर्खाको समय भएको हुँदा तत्काल बाटो खुलाउन नसकिएकोले अब आउँदो भदौ महिनाको दोस्रो हप्तादेखि बाटो खोली दिने र संचारको हकमा टेलिकमसंग कुरा गरेर तत्काल तयार रहेका टेलिकमका टावर सुचारु गर्न लगाउने र अन्य विकासको कार्यहरु क्रमशः गर्ने बताउनु भएको छ ।

