
Gesld
Dbc
Mbf
snmbs
sjnsplk
rgs
pvg
Pbu
dpm
Ges
Snmbs
Amb
Dpm
Snmbs
Sdc


दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मदन भण्डारी रङ्गशालामा निर्मित कर्भड हल र सटर हस्तान्तरण गरिएको छ ।
भ्यूडहर सोनपुर मावि विव्यस अध्यक्ष टेकलाल आचार्यको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि खड्काले रङ्गशालामा विस्तृत विवरण प्रतिवेदन अनुसार संरचना निर्माण गर्दै जाने बताउनुभयो ।
त्यस्तै उहाँले पालिकाले अघि सारेको एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिदै खेल संरचना र खेलाडी प्रशिक्षणमा समेत विशेषरुपमा ध्यान दिइने बताउनुभयो । कार्यक्रममाशिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी बहुउद्देश्यीय खेल मैदानकारुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
वडा नम्बर १ अध्यक्ष हुमकान्त सापकोटा खेल क्षेत्रमा विस्तृत परियोजना विवरणमा उल्लेख भएबमोजिम कर्भट हल निर्माण भएको र अब फुटबल मैदान व्यवस्थित बनाउनका लागि वडा सरकार तयार रहेको बताउनुभयो । कुमार निर्माण सेवाले ६६ लाखको लागतमा कर्भड हल निर्माण गरेको हो । खेल मैदान संरक्षणको जिम्मा वडा सरकारको रहेको छ भने आम्दानी विद्यालयले प्राप्त गर्नेछ । त्यस्तै व्यवसायिक सटर समेत निर्माण गरिएको छ ।
