Sidha Patra शनिबार, साउन २८, २०७९

दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मदन भण्डारी रङ्गशालामा निर्मित कर्भड हल र सटर हस्तान्तरण गरिएको छ ।

भ्यूडहर सोनपुर मावि विव्यस अध्यक्ष टेकलाल आचार्यको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि खड्काले रङ्गशालामा विस्तृत विवरण प्रतिवेदन अनुसार संरचना निर्माण गर्दै जाने बताउनुभयो ।

त्यस्तै उहाँले पालिकाले अघि सारेको एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिदै खेल संरचना र खेलाडी प्रशिक्षणमा समेत विशेषरुपमा ध्यान दिइने बताउनुभयो । कार्यक्रममाशिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी बहुउद्देश्यीय खेल मैदानकारुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

वडा नम्बर १ अध्यक्ष हुमकान्त सापकोटा खेल क्षेत्रमा विस्तृत परियोजना विवरणमा उल्लेख भएबमोजिम कर्भट हल निर्माण भएको र अब फुटबल मैदान व्यवस्थित बनाउनका लागि वडा सरकार तयार रहेको बताउनुभयो । कुमार निर्माण सेवाले ६६ लाखको लागतमा कर्भड हल निर्माण गरेको हो । खेल मैदान संरक्षणको जिम्मा वडा सरकारको रहेको छ भने आम्दानी विद्यालयले प्राप्त गर्नेछ । त्यस्तै व्यवसायिक सटर समेत निर्माण गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]