
Sgr
Srbpu
Pbu
Unsku
pku
Rgp
Lnp
Rgp1
Ggp

Sbs
Bbbpu
Ggd
Rsb
nsb
Sls
Ssm
Bbu
Rgu
Rgu
Asm
Ksm
Tsm
Vor
Wsp
Gst
Rgs
Pvg
Hal

Rpp
bbt
Abd
Jmb
Bml
Syp
Jmb
Mks
Gsb
Pls
Ptm
sab
Rmb
काठमाडौँ । चार कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्।
त्यस्तै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरू विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महँगी र भष्टाचारकोविरुद्ध चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले चरणबद्ध संघषर्का कार्यक्रमहरू घोषणा गरेको थियो । तर यो सरकार भने गैर-जिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको विज्ञप्तिमा उल्लेख छ ।
चार कम्युनिष्ट पार्टीले राज्यको रवैयाको कडा रूपले निन्दा गर्दै यथाशीघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, सम्पूर्ण बन्दी कमरेडहरूको रिहाइ र आकासिदो महँगी नियन्त्रण गर्न माग गरेको छ । राज्य गलत बाटोबाट रोक्न चार कम्युनिष्टले जनसङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको छ ।
उनीहरूले घोषणा गरेको कार्यक्रममा श्रावण २७ गते सङ्घर्षका कार्यक्रमहरूको घोषणा, भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माइतीघर मण्डलामा केन्द्रित विरोधसभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्द घोषणाको कार्यक्रम गरेको छ ।
