
snmbs
Snmbs
Snmbs
dpm
Sdc
Ges
Gesld
Dpm
Pbu
Mbf
Dbc


धनगढी । पश्चिम् कैलालीको धनगढी उपमहानगरपालिकाका एक स्थानीयको सवारीसाधनमा गएराति आगजनी गरिएको छ। धनगढी उपमहानगरपालिका–६ जाली बस्ने जगत चौधरीको घरमा रहेको मोटरसाइकलमा आगजनी भएको हो।
सोमबार राति ११ बजेतिर अज्ञात व्यक्तिले से ४ प ६८९४ नम्बरको मोटरसाइकलमा आगजनी गरि फरार भएको स्थानीयहरुले बताएका छन्।
सवारीधनी चौधरीले स्थानीय करन चौधरी समूहले आफ्नो मोटरसाइकलमा आगजनी गरि नाराबाजी समेत गरेको बताए। करन एक हप्ता अघि अवैध काठ लुकाएको आरोपमा पक्राउ परेका थिए।
स्थानीयको सूचनाका आधारमा गएको वनको टोलीले उनको खेतमा माटोमुनि लुकाएर राखेको अवस्थामा काठ बरामद गरेको थियो। ८७ इन्च गोलाइ भएको २० फिट लामो सालको रुख ढलाएर जमिनमुनि माटोले पुरेर लुकाएको अवस्थामा काठ बरामद गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्थामा भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।नेपाल लाइभ
