
Dbc
Amb
Sdc


कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बडेगाउ बस्ने गंगेश नाथ तिवारीको चर्चा मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को क’ बाट उमेदवारी दिने हो कि स्थानीय हरूले चर्चा गर्न थालेका छन् ।
तिवारी एक सामाजिक अभियन्ता भएर करिब दुई दशकदेखि विभिन्न सामाजिक कार्यमा समाजसेवा गर्दे आएका एक शिक्षित व्यकितत्व,स्वच्छ छबि भएका,इमानदार,युवा संघर्षशील,कर्तव्य परायण, निष्ठावान व्यक्तित्व रहेका उनी प्रदेश शभा सदस्यमा निर्वाचनमा भाग लिए राम्रो हुने स्थानीय चर्चा गर्न लागेका छन् ।
आउने मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यमा तपाई को चर्चा चलेको प्रश्नमा गंगेश नाथ तिवारीले जवाफ दिदै भने कि जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको जनताको साथ र समर्थन आफू पाउने आसा समेत रहेको बताउदै जनताको चाहना,पार्टी कार्यकर्ता तथा नेकपा एमाले पार्टीको निर्णय आए आफू कदम पछाडि नहटाउने बताए ।
