Sidha Patra आइतबार, साउन २२, २०७९

दाङ । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता भदौको तेश्रो साता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता गर्न लागिएको आईतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको छ ।

त्यस्तै प्रतियोगिता संयोजक एवम् दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षता तथा दक्षिण एशियाली हाप्किडो महासंघ अध्यक्ष कालीबहादुर घर्तीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि प्रतियोगिता बारे जानकारी गराईएको थियो । सो अवसरमा प्रतियोगिता बारे जानकारी जानकारी गराउँदै संयोजक बुढामगरले जिल्लाभरका ५४ विद्यालयबाट पाँच हजार खेलाडी सहभागी हुने बताउनुभयो ।

दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगितामा फाईट तर्फ महिला र पुरुष दुवैमा १२-१२ वटा तौल समुहमा प्रतिष्पर्धा हुनेछ । जस अनुसार, १५-२०, २०-२५, २५-३०, ३०-३५, ३५-४०,४०-४५, ४५- ५०,५०-५५,५५-६०,६०-६५,६५-७० र ७० भन्दामाथि तौल समूहले स्पर्धा गर्ने उहाँले बताउनुभयो ।

यस्तै,प्रतियोगितामा डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिष्पर्धा हुने भएको संयोजक बुढामगरले बताउनुभयो । कोरियन मार्शल आर्ट्सबाट भित्रिएको हाप्किडोमा हाल देशभर ४६ हजार खेलाडी आवद्ध छन् । प्रतियोगितामा करिव १० लाखको खर्च अनुमान गरिएको छ।

विजेतालाई मेडल प्रमाण पत्रसहित वेस्ट प्लेयर महिला, पुरुष, टिम प्रथम, दोश्रो र तेश्रो तथा अनुशासित खेलाडी एवम् वेस्ट रेफ्रीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो अवसरमा प्रमुख अतिथि घर्तीले नेपालमा छोटो समयमा हाप्किडोको पहुँच बिस्तार हुँदै गएको बताउनुभयो ।

स्कुल तहबाट हाप्किडो खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण हुँदै आएको हुँदा देशलाई स्वस्थ्य नागरिक उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यसअघि, जिल्ला स्तरीय, प्रदेश स्तरीय, राष्ट्रिय स्तरीय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार भईसकेको बताउँदै यसले दक्ष खेलाडी उत्पादन गर्न सघाउ पुगेको विश्वास व्यक्त गर्नुभयो । जसका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गर्दै खेलाडीहरुले थुप्रै स्वर्ण पदकसहित विभिन्न पदक जित्न सफल भएको बताउनुभयो । यस्तै, स्कुल स्तरबाटै अभियान चलाईएका होप्किडोमा दाङसहित देशभर ९ सय ३३ जना प्रशिक्षकले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।

विगत १५ वर्षको अन्तरालमा हाप्किडोले स्वस्थ नागरिक उत्पादनमा टेवा लिएको छ । केन्द्रीय संघ अन्तरगत सात वटै प्रदेशमा हाप्किडो समिति र ६० जिल्लामा हाप्किडो समिति गठन गर्दै दूरदराजका बालबालिकालाई पनि यसमा जोड्न निशुल्क रुपमा प्रशिक्षण हुँदै आएको बताउनुभयो । खेलमा दृढ ईच्छा भएका, प्रवल सम्भावना बोकेका तर आर्थिक स्थिति कमजोर भएका बालबालिकालाई विशेष प्राथमिकताका साथ निशुल्क हाप्किडो प्रशिक्षण गराउँदै आएको बताउनुभयो ।

आसन्न जिल्ला स्तरीय प्रतियोगिताले पनि प्रतिभावान खेलाडी पहिचानसँगै उत्पादनमा भुमिका खेल्ने उहाँको विश्वास छ । पत्रकार सम्मेलनको सहजीकरण प्रशिक्षक खलजीत बुढामगरले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]