
Ksbus
Ssbus
Rsbus
Gsbus
Ssbus
Gis
Nssbush
Ksbus
Gsbus
ebg
Ksbus
Gsl
bpmhl
Gms
Ksbus
Lsbus
Lsbus
Bsbus
Pbu
Gsbus

Bbbpu
Asm
Sls
Rgu
Vor
Rgs
Ggd
Rgu
Ssm
Hal
Gst
Pvg
Sbs
Wsp
Ksm
Tsm
Bbu
nsb
Rsb

Jmb
Pls
Ptm
bbt
Rpp
Rmb
Abd
Mks
Bml
Syp
sab
Gsb
Jmb
दाङ । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता भदौको तेश्रो साता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता गर्न लागिएको आईतबार घोराहीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएको छ ।
त्यस्तै प्रतियोगिता संयोजक एवम् दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरको अध्यक्षता तथा दक्षिण एशियाली हाप्किडो महासंघ अध्यक्ष कालीबहादुर घर्तीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि प्रतियोगिता बारे जानकारी गराईएको थियो । सो अवसरमा प्रतियोगिता बारे जानकारी जानकारी गराउँदै संयोजक बुढामगरले जिल्लाभरका ५४ विद्यालयबाट पाँच हजार खेलाडी सहभागी हुने बताउनुभयो ।
दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगितामा फाईट तर्फ महिला र पुरुष दुवैमा १२-१२ वटा तौल समुहमा प्रतिष्पर्धा हुनेछ । जस अनुसार, १५-२०, २०-२५, २५-३०, ३०-३५, ३५-४०,४०-४५, ४५- ५०,५०-५५,५५-६०,६०-६५,६५-७० र ७० भन्दामाथि तौल समूहले स्पर्धा गर्ने उहाँले बताउनुभयो ।
यस्तै,प्रतियोगितामा डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिष्पर्धा हुने भएको संयोजक बुढामगरले बताउनुभयो । कोरियन मार्शल आर्ट्सबाट भित्रिएको हाप्किडोमा हाल देशभर ४६ हजार खेलाडी आवद्ध छन् । प्रतियोगितामा करिव १० लाखको खर्च अनुमान गरिएको छ।
विजेतालाई मेडल प्रमाण पत्रसहित वेस्ट प्लेयर महिला, पुरुष, टिम प्रथम, दोश्रो र तेश्रो तथा अनुशासित खेलाडी एवम् वेस्ट रेफ्रीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो अवसरमा प्रमुख अतिथि घर्तीले नेपालमा छोटो समयमा हाप्किडोको पहुँच बिस्तार हुँदै गएको बताउनुभयो ।
स्कुल तहबाट हाप्किडो खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण हुँदै आएको हुँदा देशलाई स्वस्थ्य नागरिक उत्पादनमा टेवा पुग्ने बताउनुभयो । यसअघि, जिल्ला स्तरीय, प्रदेश स्तरीय, राष्ट्रिय स्तरीय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार भईसकेको बताउँदै यसले दक्ष खेलाडी उत्पादन गर्न सघाउ पुगेको विश्वास व्यक्त गर्नुभयो । जसका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गर्दै खेलाडीहरुले थुप्रै स्वर्ण पदकसहित विभिन्न पदक जित्न सफल भएको बताउनुभयो । यस्तै, स्कुल स्तरबाटै अभियान चलाईएका होप्किडोमा दाङसहित देशभर ९ सय ३३ जना प्रशिक्षकले प्रत्यक्ष रोजगारी पाएको बताउनुभयो ।
विगत १५ वर्षको अन्तरालमा हाप्किडोले स्वस्थ नागरिक उत्पादनमा टेवा लिएको छ । केन्द्रीय संघ अन्तरगत सात वटै प्रदेशमा हाप्किडो समिति र ६० जिल्लामा हाप्किडो समिति गठन गर्दै दूरदराजका बालबालिकालाई पनि यसमा जोड्न निशुल्क रुपमा प्रशिक्षण हुँदै आएको बताउनुभयो । खेलमा दृढ ईच्छा भएका, प्रवल सम्भावना बोकेका तर आर्थिक स्थिति कमजोर भएका बालबालिकालाई विशेष प्राथमिकताका साथ निशुल्क हाप्किडो प्रशिक्षण गराउँदै आएको बताउनुभयो ।
आसन्न जिल्ला स्तरीय प्रतियोगिताले पनि प्रतिभावान खेलाडी पहिचानसँगै उत्पादनमा भुमिका खेल्ने उहाँको विश्वास छ । पत्रकार सम्मेलनको सहजीकरण प्रशिक्षक खलजीत बुढामगरले गर्नुभएको थियो ।
