Sidha Patra शनिबार, साउन २१, २०७९

दाङ । नेकपा एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अपवित्र गठबन्धन एमाले विरुद्ध एक्लैसँग लड्न नसक्ने हुनु भनेकै एमालेको राजनीतिक विजयी भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख समेत रहनुभएका नेता नेम्वाङले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य र मान्यता विपरीत काम गर्दा देश दुर्घटनामा परेको हुँदा गठबन्धन एमालेसँग एक्लै चुनाव लड्न सक्नै हैसियतमा नरहेको बताउनुभयो ।

एमालेको व्यापक दवावका बावजूद अन्ततः सरकारले आगामी निर्वाचनको मिति तोकेको हुँदा अब देशलाई असहज अवस्थाबाट पार लगाउन जनताले फैसला गर्नुपर्ने बेला आएको बताउनुभयो ।

सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरुको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कामगर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।

हिजोको असहज परिस्थितीमा देशको निकासका लागि ताजा जनादेशमा जानुपर्छ भनेको एमालेलाई राष्ट्रघाती भन्नेहरु अहिले आफुहरुको बाटोमा आएको स्मरण गराउँदै उहाँले एमाले जनताको मन, विचार र विश्वास लिएर सँधै अघि बढेको पनि बताउनुभयो ।

यस्तै, आफ्नो पार्टीले संसदीय मुल्य र मान्यतामा रही जिम्मेवार प्रतिपक्षको रुपमा गरी रहेको खबरदारीलाई कमजोरीका रुपमानलिन चेतावनी दिनुभएको छ । नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्को गलत कामगर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजर अन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्क गर्नुभयो ।

यस्तै, उहाँले अर्थमन्त्रीको सिसि टिभी फुटेज प्रकरण, गभर्नर निलम्बन प्रकरणका बारेमा पनि स्पष्ट पार्नुभएको थियो । उहाँले गठबन्धनका नेताहरुले एमालेले एम अधिकारीसँग अर्थमन्त्रीको फुटेज प्रकरणमा सौदावाजी गर्यो भन्नु सरासर गलत प्रचार भएको बताउनुभयो ।

एम अधिकारीकाबारे स्वयम् गभर्नर महाप्रसाद अधिकारी र एमालेले आफ्नो स्पष्ट धारणा सावजनिक गरिसकेको अवस्थामा पनि गठबन्धनका नेताहरुबाट जनतामा भ्रम फैलाउन गलत प्रचार गरिएको प्रष्ट पार्नुभयो । चौतारी जिल्ला अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर राम्जाले गर्नुभएको थियो भने सहजीकरण सचिवकिरण गौतमले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]