
Lnp
Rgp1
Pbu
Ggp
Rgp
Sgr
pku
Unsku
Srbpu

Gst
Sls
Rsb
Bbbpu
Vor
Ssm
Rgs
Hal
Sbs
Wsp
Rgu
Ksm
Asm
nsb
Pvg
Tsm
Rgu
Bbu
Ggd

Bml
Rpp
sab
Syp
Rmb
Mks
Jmb
Pls
Gsb
Jmb
bbt
Abd
Ptm
दाङ । नेकपा एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अपवित्र गठबन्धन एमाले विरुद्ध एक्लैसँग लड्न नसक्ने हुनु भनेकै एमालेको राजनीतिक विजयी भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख समेत रहनुभएका नेता नेम्वाङले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य र मान्यता विपरीत काम गर्दा देश दुर्घटनामा परेको हुँदा गठबन्धन एमालेसँग एक्लै चुनाव लड्न सक्नै हैसियतमा नरहेको बताउनुभयो ।
एमालेको व्यापक दवावका बावजूद अन्ततः सरकारले आगामी निर्वाचनको मिति तोकेको हुँदा अब देशलाई असहज अवस्थाबाट पार लगाउन जनताले फैसला गर्नुपर्ने बेला आएको बताउनुभयो ।
सत्ता स्वार्थमा लिप्त भएका, देशलाई श्रीलंकाको बाटोमा हिँडाउन खोजेका गठबन्धनका नेताहरुको कार्यशैलीलाई परास्त गर्दै बलियो राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कामगर्ने वातावरण बनाउन निर्वाचनका माध्यमबाट जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।
हिजोको असहज परिस्थितीमा देशको निकासका लागि ताजा जनादेशमा जानुपर्छ भनेको एमालेलाई राष्ट्रघाती भन्नेहरु अहिले आफुहरुको बाटोमा आएको स्मरण गराउँदै उहाँले एमाले जनताको मन, विचार र विश्वास लिएर सँधै अघि बढेको पनि बताउनुभयो ।
यस्तै, आफ्नो पार्टीले संसदीय मुल्य र मान्यतामा रही जिम्मेवार प्रतिपक्षको रुपमा गरी रहेको खबरदारीलाई कमजोरीका रुपमानलिन चेतावनी दिनुभएको छ । नेता नेम्वाङले पछिल्लो समय गठबन्धन सरकारले एकपछि अर्को गलत कामगर्दै गएकोमा खबरदारी गर्दागर्दै पनि नजर अन्दाज गरेर अघि बढ्न खोज्नु मुलुक र जनताको हीत विपरीत भएको तर्क गर्नुभयो ।
यस्तै, उहाँले अर्थमन्त्रीको सिसि टिभी फुटेज प्रकरण, गभर्नर निलम्बन प्रकरणका बारेमा पनि स्पष्ट पार्नुभएको थियो । उहाँले गठबन्धनका नेताहरुले एमालेले एम अधिकारीसँग अर्थमन्त्रीको फुटेज प्रकरणमा सौदावाजी गर्यो भन्नु सरासर गलत प्रचार भएको बताउनुभयो ।
एम अधिकारीकाबारे स्वयम् गभर्नर महाप्रसाद अधिकारी र एमालेले आफ्नो स्पष्ट धारणा सावजनिक गरिसकेको अवस्थामा पनि गठबन्धनका नेताहरुबाट जनतामा भ्रम फैलाउन गलत प्रचार गरिएको प्रष्ट पार्नुभयो । चौतारी जिल्ला अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर राम्जाले गर्नुभएको थियो भने सहजीकरण सचिवकिरण गौतमले गर्नुभएको थियो ।
