
pvg
Gesld
Pbu
Dbc
Mbf
Ges
Amb
Snmbs
sjnsplk
rgs
Snmbs
Sdc
Dpm
snmbs
dpm


दाङ । देउखुरीको भालुवाङमा यही भदौ ४ गते ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ हुने भएको छ । हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण,सम्वर्द्वन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्धन लागि तीज महोत्सव हुन लागेको हो ।
“संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्रियता हराउँछ” भन्ने मूल नाराका साथ देउखुरी टुडे डटकम र हाम्रो लुम्बिनी न्युज डटकमको संयुक्त आयोजनामा एक दिने दिवाकालिन तीज महोत्सब देउखुरीको भालुवाङ स्थित होटल पौवाको प्राङगणमा हुन लागेको आयोजक देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका प्रचार-प्रसार संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिए ।
पछिल्लो समय तीज पर्वमा ब्यापक विकृती देखिएको र उक्त विकृतीलाई नियन्त्रण गदै मौलिक कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड प्रस्तुती सहित तीज गीत प्रतियोगिताको समेत आयोजना गरिएको महोत्सवका सांस्कृतिक संयोजक नरेश भण्डारीले जानकारी दिए ।
त्यस्तै तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका सुनिता बुढाक्षेत्री, चर्चित लोकदोहरी गायक अर्जुन सापकोटा,चर्चित हाँस्यब्यङ्गय कलाकार कमल गाउँले,चर्चित लोकदोहोरी गायिका तथा उद्घोषिका राशी रिजाल,चर्चित लोकदोहोरी गायक जिवन परियार र चर्चित बाल कलाकार अनुष्का आचार्यको बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिए ।
त्यस्तै महोत्सवमा लोकदोहोरी गायक तथा सञ्चारकर्मी प्रेमबिबश घर्ती, गायक तथा गायिकाहरु श्रीधर कंडेल, राजेन्द्र चौधरी, उर्मी मगर, गायिका तथा संचारकर्मी सिमा केसी, चर्चित डान्सर तथा मोडेलहरु टिकटक स्टार करिना डाँगी, सर्मिला पुन, अनिता महतरा, मधु चौधरी र निशु चौधरीका साथै संदेशमुलक तीज गीत प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिए ।
महोत्सब सञ्चालन सहयोगार्थका लागि आयोजकले प्रवेश टिकटको समेत ब्यवस्था गरेको छ । जस अन्र्तगत सर्वसाधारणका लागि प्रतिब्यक्ति प्रबेश टिकट शुल्क एक सय रुपैया,विद्यार्थी तथा शहिद परिवारको हकमा परिचय पत्रका आधारमा टिकट शुल्कमा २५ प्रतिशत छुट गरी ७५ रुपैयाँ निर्धारण गरिनुका साथै ७० बर्ष माथिका जेष्ठ नागरिक, ५ बर्ष मूनिका बालबालिका र अपाङ्ग, अशक्त तथा असाहायहरुको हकमा परिचय पत्रका आधारमा प्रवेश नि:शुल्क गरिएको महोत्सवका कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिए । साथै कार्यक्रमको दिन टिकट लिंदा भिडभाड हुने भएको हुँदा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कार्यक्रम संयोजक गुप्ताले जानकारी दिए ।
महोत्सवमा मुख्य प्रायोजकको हकमा एक लाख, सहप्रायोजकको हकमा पचास हजार र प्रायोजकको हकमा तीस हजार रुपैयाँ निर्धारण गरिएको आयोजक हाम्रो लुम्बिनी डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका आर्थिक संयोजक बासुदेव न्यौपानेले जानकारी दिए । यही भदौ ४ गते शनिबार बिहान ११ बजे देखि शुरु हुने उक्त तीज महोत्सवलाई आर्थिक,भौतिक र नैतिक रुपमा सहयोग गरी सफल बनाईदिन महोत्सव मूल आयोजक समितीकी संयोजक श्यामा रावतले सबैमा आग्रह गरेकी छिन् ।
महोत्सवमा दाङ देउखुरी सहित छिमेकी जिल्लाहरु प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलबस्तुबाट समेत गरी करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ । तीन बर्ष सम्म कोरोना भाईरस संक्रमणका कारण नाचगान गरी तीज पर्व मनाउन नपाएका हिन्दु नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजलाई थप रौनकता थप्न लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङमा पहिलो पटक तीज महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
