
Snmbs
Mbf
Snmbs
Dpm
sjnsplk
pvg
Dbc
Ges
dpm
Sdc
rgs
Gesld
Amb
Pbu
snmbs


दाङ । चर्को महङ्गी र एमसीसी लगायतको बिरुद्धमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले बिरोध प्रदशन तथा कोणसभा कार्यक्रम बुधबार घोराहीमा सम्पन्न गरेको छ ।
चर्को मूल्य वृद्धि फिर्ता गर,भ्रष्टाचारीलाई कार्वाही गर,नागरिकता बिधेयक फिर्ता गर,राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद लेखिएका प्लेकार्ड बोकेका सयौं युबाहरुले घोराहीमा बृहत् र्याली प्रदर्शन गरेका थिए ।
घोराही जिबिस रोडमा रहेको पार्टी कार्यालयबाट निस्केको बृहत् र्याली शहित गेटबाट प्रवेश गरि नेपाल बैंक रोड हुँदै घोराही तुलसीपुर चोकमा आएर कोण सभा पश्चात कार्यक्रम समाप्त भएको थियो ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङ जिल्लाका अध्यक्ष यादव श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य सरिता देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कोण सभा कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक पार्टी दाङ जिल्लाका अध्यक्ष क्षेत्र बहादुर बस्नेत,जिल्ला उपाध्यक्ष किशोर न्यौपाने, पार्टीका नेता सोभाकर घिमिरे,नर बहादुर बुढाथोकी लगायतकाले सरकारका रवैयाका बिरुद्दमा बोल्नु भएको थियो ।
