
jsb
Ksb
Fmb
Ssb
Usb
Ksb
Gsb
Tgp
Csb
Nsb
Rsb
Rks
Ssb
Ppu
Ksb
Bsn

Ssb
Gsb
Tsb
Usb
Hl1

Nps
Rgu
ptl
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ मा मोटरसाइकल दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ ।
गुडिरहेको लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किदा दुई जनाको ज्यान गएको हो ।
ज्यान जानेमा मोटरसाइकल चालक वडा नं. २ का २५ बर्षीय रमेश विश्वकर्मा र पछाडी बसेका २७ बर्षीय गोपाल विश्वकर्मा रहेका छन् ।
रुखमा ठोक्किँएर गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको इलका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु केसीले जानकारी दिए ।
