
Gesld
Snmbs
Ges
snmbs
Sdc
Dpm
Dbc
dpm
Snmbs
Mbf
Pbu


दाङ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संगठन नेपाल सांस्कृतिक संघले दाङ क्षेत्र नम्बर १ मा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्सालले गीत संगीतका माध्ययमबाट नेतृत्व तहलाई खबरदारी गर्न साथै गीत संगीतका माध्ययमबाट जनतालाई राम्रो संदेश पुर्याउनका लागि संघले भूमिका खेल्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी जिल्ला सचिव लम्सालले हरेक समयमा पार्टीका शुभेच्छुक संस्थाहरुको साथ सहयोग चाहिने भन्दै संघलाई बलियो बनाएर लैजान नव निर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो । कार्यक्रमका बिशिस्ट अतिथि तथा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले पार्टीले गरेका राम्रा कामलाई गीत संगीतका माध्यमबाट आम जनता सामु पुर्याउनु नेपाल सांस्कृतिक संघको कर्तव्य र दायित्व भएको बताउनुभयो । त्यस्तै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेतले दूरदराजका बस्तीमा दबिएर रहेका नयाँ कलाकारलाई पनि संघको महत्व बुझाएर समाबेश गराउनु पर्ने बताउनुभयो ।
यसैबीच,देउखुरीमा नेपाल सांस्कृतिक संघ गठन भएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकार सभापति रहने गरि तत्कालका लागि नौ जनाको कार्यसमिति गठन गरिएको छ । जस्को उपसभापतिमा फणेश्वर गुप्ता,बसन्ती चौधरी, कोषाध्यक्षमा श्यामसुन्दर चौधरी,सचिवमा प्रिया स्मृती गजमेर,सहसचिवमा राजेन्द्र चौधरी रहनुभएको छ । त्यस्तै बिष्णु केसी,हेमन्त चौधरी,रन्जित चौधरी सदस्य रहनुभएको छ । ज्ञानेन्द्र स्वर्णकारको सभापतिमा आज चयन गरेको समितिमा आवश्यकता अनुसार सल्लाहकार, सदस्य थप्न सक्ने नेपाल सांस्कृतिक संघका केन्द्रीय सदस्य राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
