
Snmbs
Ges
Snmbs
rgs
Sdc
Amb
Pbu
dpm
snmbs
Dpm
Mbf
Dbc
Gesld


दाङ । देउखुरीको लमहीमा रहेको लमही होटल व्यवसायी समितिद्वारा खानाका परिकारहरुको दररेट कायम गरेकोछ ।
प्रत्येक खाद्य वस्तुको मूल्य वृद्धि भएको अवस्थामा अब पुरानो दररेटमा खानाका परिकार ग्राहकलाई उपलब्ध गराउन नसक्ने जनाएकोछ। खाद्य वस्तुको मूल्य वृद्धिसंगै पछिल्लो समय कोरोनाले सबै भन्दा बढी असर होटल क्षेत्रलाई पारेकोले व्यवसायीहरुको मागलाई मध्यनजर राख्दै खानाका दररेट कायम गरि मुल्य वृद्धि गरिएकोछ ।
होटलहरुलाई दुई श्रेणीमा बिभाजन गरि खानाका परिकारहरुको मूल्य पनि सोही अनुसार दुई थरी कायम गरिएकोछ । ठूला र साना तथा मझौला होटल गरि दुई श्रेणीमा होटल बिभाजन गरिएकोछ। होटल व्यवसायी समितिले गरेको मुल्य वृद्धिले ग्राहक वर्गमा पर्न गएको अप्ठ्यारोमा क्षमा माग्दै समितिका अध्यक्ष नारायण प्रसाद भुसाल र सचिव राजेन्द्र पाण्डेद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकोछ। ( बिज्ञप्ती र मूल्य सूची जस्ताको त्यस्तै तल दिएकोछ)

