
Dbc
Gesld
sjnsplk
pvg
Amb
Dpm
Ges
dpm
snmbs
rgs
Sdc
Snmbs
Mbf
Snmbs
Pbu


दाङ। भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङकाे आयोजनामा आफ्टर एस.ई.ई. ब्रिज कोर्षकाे तयारी गरिरहेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई कार्यक्रम सम्पन्न भएको छ ।
भिक्टोरिया ट्यूसन सेन्टरकाे आयोजनामा सम्पन्न कार्यक्रममा ब्रिज कोर्षकाे तयारीमा अध्ययनरत विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ नतिजा पछिको इन्ट्रान्सका लागि सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै आगामी दिनमा सोचेको सपना पुरा होस् भनि खागा र टिका सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै ब्रिज कोर्षका विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहाँ र जुन अवस्थामा भएतापनि यस संस्था प्रति सदैव माया रहीरहने बताएका थिए । त्यस्तै आफुहरुले सोचे भन्दा बढीकाे सेवा सुविधा पाएको बताएका छन्। आगामी दिनमा पनि यस संस्था प्रति विश्वास र आस्थाका साथ आफूहरु प्रति साथ सहयोगकाे अपेक्षा गरेका छन् ।
कम्प्युटर शिक्षक श्रवण कुमार यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सो भिक्टोरिया ट्यूसन सेन्टरका कोर्डिनेटर सत्यपाल यादवले गर्नु भएको थियो । सो अवसरमा विद्यार्थीहरुद्वारा सास्कृतीक मनोरञ्जनात्म कार्यक्रम समेत गरिएको थियो ।
