
Sgr
Unsku
Djs
pku
Srbpu
Pbu
sbs
Gfs
cjs
Ggp
Pes
Lnp
Rgp1
Rgp

Asm
Hal
Tsm
Ssm
Bbu
nsb
Rgs
Rgu
Rsb
Ggd
Sls
Rgu
Pvg
Sbs
Gst
Ksm
Bbbpu
Wsp
Vor

Rpp
bbt
Jmb
Jmb
sab
Gsb
Abd
Ptm
Mks
Rmb
Pls
Bml
Syp
दाङ । दाङ जिल्ला अदालतले देशमै सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । जिल्ला अदालतले गत आर्थिक वर्षमा सम्पादन गरेको कामको प्रगति समिक्षा गर्न आयोजित आज पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश रितेन्द्र थापाले एक वर्षको अवधिमा साढे २८ सय बढी मुद्दा फर्छ्यौट गर्दै न्याय दिलाएको बताउनु भयो ।
अदालतले प्रक्षेपण गरेको वार्षिक अनुमानित लगत भन्दा उल्लेख्य रुपमा मुद्दा को संख्या बढेर गएको हुँदा सिमित न्यायाधीशबाट मुद्दा फर्छ्यौट गर्न चुनौति थपिँदै गएको छ । न्यायाधीश थापाका अनुसार, जिल्ला अदालतमा तीन जना न्यायाधीशबाट एक वर्षको अवधिमा २ हजार ८ सय ५४ मुद्दा फर्छ्यौट भएको छ । जिल्ला अदालतका न्यायाधीशत्रय रितेन्द्र थापाले ९ सय २२,हिमलाल बेल्बासेले ९ सय ५९ र डिल्लीराम शर्मा अर्यालले ९ सय ७२ वटा मुद्दा बितेको एक वर्षमा फर्छ्यौट गर्नुभएको हो ।
बितेको ३ वर्षको मुद्दाको लगत फर्छ्यौट बारे जानकारी गराउँदै उहाँले आर्थिक वर्ष २०७६–०७७ मा दर्ता भएको २ हजार ६ सय ४२ वटा मुद्दा भन्दा आर्थिक वर्ष २०७८–०७९ मा धेरै संख्यामा मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २ हजार ६ सय ४२ मुद्दा मध्ये १ हजार ४ सय ४८ मुद्दा फर्छ्यौट हुँदा आर्थिक वर्ष २०७७–०७८ मा दर्ता भएको ३ हजार ७ सय ८८ मुद्दा मध्ये २ हजार ६ वटा मुद्दा फर्छ्यौट भएको छ । यस्तै, बितेको आर्थिक वर्ष २०७८–०७९ मा दर्ता भएको ४ हजार ७ सय ९९ मुद्दा मध्ये २ हजार ८ सय ५४ मुद्दा फर्छ्यौट भएको छ ।
मुख्य न्यायाधीश थापाका अनुसार बितेको आर्थिक वर्षमा मात्रै करीव ६० प्रतिशत मुद्दा फर्छ्यौट भएको छ । विभिन्न १२ वटा शीर्षकका मुद्दा जिल्ला अदालतमा दर्ता भएकोमा अधिकांश मुद्दा अपराधजन्य घटनाभन्दा सामाजिक विषयसँग जोडिएका धेरै रहेका छन् । वर्षेनी जिल्ला अदालतमा मुद्दाको संख्या उल्लेख्य रुपमा बढेर गएको छ । दाङ जिल्ला अदालतमा परेको मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका रहेका छन् । वैदेशिक रोजगारी, अशिक्षा,गरिबी,सामाजिक परिवेशलगायतका कारण पनि पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको हुँदा यसले सामाजिक,आर्थिक जीवनमा ठूलो असर गर्ने न्यायाधीश थापाको भनाई छ ।
यस्तै न्यायाधीश डिल्लीराम शर्मा अर्यालले पनि पारिवारिक बेमेल,आपसी समझदारीको अभाव, वैदेशिक रोजगारीका क्रममा उत्पन्न विवाद,वैदेशिक संस्कृतिको सिको,चाँडो उमेरको प्रेम विवाह आदिले वैवाहिक सम्बन्धविच्छेदका घटना दिनानुदिन बढ्दै गएको बताउनुभयो । स्वदेशमा बढ्दो बेरोजगारीले गर्दा पति वा पत्नी विदेशगई कमाएर घर पठाएको पैसा आफू विदेशबाट फर्कंदा हिनामिना भएको, आफूले पठाएको पैसालिइ बालबच्चालाई बिचल्लीमा पार्दै पति वा पत्नीले दोस्रो विवाह गरेको अवस्थाले पनि सम्बन्धविच्छेदको घटनामा वृद्धि भएको जिल्ला अदालतको भनाई छ ।
