
Rgp
pku
Srbpu
Ggp
Sgr
Rgp1
Unsku
Lnp
Pbu

Wsp
Rgu
Ksm
Sbs
Pvg
Sls
Rgs
nsb
Tsm
Bbu
Bbbpu
Ggd
Rsb
Asm
Ssm
Gst
Hal
Vor
Rgu

Rmb
Abd
Mks
Syp
Gsb
Jmb
Ptm
Bml
Pls
Rpp
Jmb
bbt
sab
रोल्पा । मगर हरुको महान चाड राँके तिवार साउने संक्रान्ति १ देखि मनाउदै आएका छन् । भौगोलिक बिधताले गर्दा कुनै ठाँउमा असार १ गते पनि मनाउने गरेको पाईन्छ भने कोहि ठाउँ,साउन महिना मै मनाउने गरेका हुन् ।
त्यस्तै सो अवसरमा रोल्पाको थबाङ गाउँपालिकाको ४ र ५ र सुनछहरी गाउँपालिका १ सेरमको घुसबाङ,पुर्बी रुकुम लुकुम झाक्री नाच,रोल्पाको दक्षिण भाग गापा,कोर्चबाङ,भाबाङ,मादि ओजङकोट,कोट्गाउ र काठमाडौंको थानकोट लगायतका ठाउँहरुमा धुमधाम यी दुई ऋतुहरुमा जल,जमिन भूक्षय, धनजनको सुरुक्षा आगो पुजा गरि धुमधाम मनाई रहेका छन् ।
राँके तिवार आइतबारदेखि सुरु भएको छ । जसमा ५ उवाका युवा क्लबहरुले विभिन्न खेलकुदको आयोजना गरि राँके तिवार मनाउदै छन् ।थबाङ गाउँपालिका ५ उवामा राँके तिवार संरक्षण मुल आयोजक समिति द्वारा विभिन्न खेलकुद आयोजना तथा नोकोबाङगे नाच नाच्दै मनाइदै छ भने यता सुनछहरी गाउँपालिका १ घुसबाङमा नवचन्द्र सुर्य युवा समुहको आयोजनामा ५ दिन सम्म विभिन्न खेलकुद प्रतियोगिताको आयोजनाको गर्नुको साथै नोकोबाङगे नाच नाचेर मनाउन लागिएको आयोजकहरुले बताएका छन् ।
अठार मगरातका मगरहरुले वर्षमा दुई ऋतुहरुलाई विशेष चाडको रुपमामान्दै आएका छ । साउने संक्रान्तिदेखि पुस मसान्तसम्मको अवधिलाई उँदेली (उधौली) र माघ संक्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उँभेली (उभौली)का रुपमा मान्ने गरेको पाइएको छ । साउने संक्रान्तिमा आगोको पूजाका साथै उँभेलीको विदाइ र उँदेलीको स्वागतको रुपमा हेरेको छ । जस बाहेक तिवार संक्रान्तिका दिन ओखला पुजा गर्दै माघ संक्रान्तिबाट बन्द गरिएका नङ्ग्रा/दमाह र रिङ/ढ्याङ्ग्रो बाहेकका सम्पूर्ण गाजाबाजाहरू उदेँलीमास अथवा पुस मसान्तसम्मको लागि फुकाउने गरेको छ भने असार महिनाका लागि आफन्त मरेकाहरूले सिस्नो फुकाएर खाने गरिन्छ ।
राँके तिवारमा गरिने विधिहरु
• आगोको पुजा रोगव्यादी काल ग्रह शान्त होस् भन्ने कामना गर्दै ।
• ओखला पुज्दै माघ संक्रान्तिबाट बन्द गरिएको नचारु बाजाहरू फेरी त्यही समयसम्मलाई फुकाउँदै
• असार संक्रान्तिबाट बन्द गरिएको सिस्नो खाने ।फुकाउँदै/घरका मान्छे वा आफन्तको मृत्युका कारण बन्द गरिएको भए पनि यही समयमा पनि फुकाएर खाने गरिन्छ ।
• मगर संस्कारमा मानिने दुई ऋतुमा उभेलीको बिदाई र उँदेलीको स्वागत गर्दै राँके तिवार मनाउने गरेको पाईन्छ ।
राँके तिवार संक्रान्ति वा साउन एक गतेका दिन घरहरु लिपपोत गरी भाडाकुडाहरु सफा सुघर गर्नेको साथ सथै भने जाँटो, ढेँकी, गुरुङ(भण्डार) भार लगायतका ठाउँहरू टक्टकाइ सफाइ गरिन्छ भने आँखा नदेख्ने,लुला लङ्गदो झे: असान मसान ग्रहहरू यस्तै कुनाहरूमा लुकेर बसेका हुन्छन् र तिनिहरूले मान्छेहरू सास्ती दिने गर्दछन् भन्ने मान्यताले सरसफाइमा विशेष ध्यान दिने गरिन्छ ।
बेलुकीपख चिल्लो रोटी हाल्दछन् । घरमा पित्रसक (मृतक कुल वा पुर्खाहरू जो चुलोमाथिको भारमा बस्छन् भन्ने मान्यता छ । र तिनीहरूलाई हरेक चाँडपर्वमा चढाउनका लागि पहिल्यै जार अथवा लिस पित्रसक पकाउने र त्यै जाँडको निङ्घारलाई लिसको रुपमा र खानलाई पकाइसकेको चिल्लो रोटी लगायतका खाने कुराहरू खानु भन्दा पहिले पित्रहरूलाई चढाउने गरिन्छ भने,घरको मुख्य पुरुष वा कन्या केटाले नुहाइधुहाई गरेर चार ओटा भलायोको पात वा भलायोको दाउराको आगोको राँको बनाउँछन् भने कतै कतै खर्सुङ वा बाँझको अगुल्टो पनि बनाउने गर्दछन् ।
ओखतीको रुपमा प्रयोग हुने झारजंगलहरू कुरिलो, युमे (बाँदर पुच्छर),भलायो, कुच्चर, कारजुङ, दाङरु जम्मा गर्ने गरिन्छ । भने सबै तयार भइसकेपछि घरको बाहिर अग्लो ठाउँमा एउटा राँकोलाई बाध्दछन् । त्यसको मुनि नौरेखि नौबाटी राखेर बाँधेर राखेको राँकोलाई सेतो र रोतो जुङली धजा बाँधेर धुप धुवनँरसँगै रोटी र रक्सी चढाई पुज्छन् र बाँकी तीन वटा राँकोलाई सल्काएर कराउँदै तिनै दिशा उत्तर, पश्चिम र दक्षिणतिर फालिन्छ । राँको जति टाढा फाल्यो भने उति ग्रहहरु शान्ति हुन्छन् भन्ने किमबदनति विश्वास र मान्यता छ । साथै कोहीले अगुल्टो पनि फालेर रोगव्यादि,ग्रहदशा जान्छ भन्ने मान्यता छ । भने कतै राँको फाल्दा कराएर काना झे:,दुन्डा झे:,असान मसान,जिनै देसान,कन्थाबरन दंकी,कालजम,कुस्तुरी,कुल कपत,नौग्रह पार दुब लाङ्के ओ हो हो हो भनेर लुतो फाल्दछन् । यो एउटा मगरहरुको प्रकृतिप्रतिको समर्पण र पुर्खौदेखिको सामाजिक संस्कार पनि हो ।
राङ्ख्या/राँके तिवार भूम्हेँसँगै जोडिएकोले केही ठाउँमा साउने संक्रान्ति पश्चात भूम्हेँमा नाचिने नाचहरु पनि यसै संक्रान्ति सगै नाचछ्न । कुनै ठाँउहरुमा पिङ,चर्खा खेल्छ्न र युवा युवती पिङ खेल्न बाजि पनि मार्छन । यसरी मगरहरुको महान चाड भूम्हेँको जमिन र आगोको कुनै क्षेती नहोस भनेर राङ्ख्या/राँके तिवार साउने संक्रान्तिको अन्त्य गर्छन ।
