
Lks
Lnp
Ggp
Rgp
Jns
lnp
Usb
Rgp
Dus
Dbs
Sgp
Rgp
ksb
Ggp
Asb
Pbu
Rgp


दाङ । गढवा गाउापाकिा वडा नं ८ मा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन भएको छ । आज वडा कार्यालयमा वडा अध्यक्ष श्री अब्दुल खालिद सिद्धिकीको अध्यक्षतामा बसेको वैठकबाट वडा अध्यक्षको संयोजकत्वमा १९ सदस्यीय वडा स्तरिय विपद व्यवस्थापन समिति गठन गरेको हो ।
आज गठन भएको समितिमा वडा सदस्यहरु, स्थानीय रेडक्रस, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत शाखाका प्रमुखहरु,शिक्षा, स्वास्थ्य,सामाजिक संघ संस्थाहरु,आमा समुह,स्वयंसेविका तथा सामुदायिक विपद व्यवसथापन समितिका प्रमुख एवं प्रतिनिधिहरु सदस्य र वडा सचिव सदस्य सचिव रहने प्रावधान रहेको छ ।
आजको वैठकबाट वडा स्तरको विपद जोखिम व्यवस्थापन योजना अद्यावधिक गरि वडाका मुख्य समस्याहरु स्वच्छ खानेपानीको व्यव्स्थापन गर्ने, स्वास्थ्यको क्षेत्रमा,शिक्षामा सुधार,सरसफाई क्षेत्र, क्षमता विकास,खोज तथा उद्धार सामाग्रीहरु, व्यवसथापन गर्ने,दक्ष जनशक्तिहरु तायर गर्ने, राहतकोषका लागि समन्वय गर्ने, विपद पुर्व तयारी जस्ता कार्यहरु संचालन गर्ने विभिन्न याजनाहरु तय गरेको छ । सो कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख श्री माधव ढुंगेल,शान्ति पुर्न स्थापना गृहका प्रतिनिधि,स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु,स्वास्थ्य चौकीका प्रतिनिधि लागयतको सहभागिता रहेको थियो ।
समावेसी सहभागितबाट नै संकटासन्न समुदायहरुलाई उत्थनानशिल तर्फ अघि बढाई समाजको विकास गर्न सकिने,प्रभावकारी समन्वय र संचारबाट विपद जोखिमलाई न्यूनिकरण गर्न सकिने कुरा वडा अध्यक्षले धन्यावद ज्ञापनको क्रममा राख्नु भएको सो कार्यक्रमको सहजीकरण नेरेसोका देवी प्याकुरेलले गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले परियोजना संचालन भएका स्थानीय तहरुको विपद जोखिम व्यवस्थापन योजना अद्यावधिक तथा स्थानिय विपद व्यवस्थापन समितिहरु पुर्न गठन गर्न प्राविधिक सहयोग गर्ने कार्यक्रम अनुरुप गढवा गाउँपालिकामा १ वडा वाहेक अन्य वडामा समिति गठन भैसकेको र राजपुर गाउँपालिका तथा बबई गाउँपािलकाका स्थानीय विपद व्यवस्थापन समितिहरु गठन भई स्थानीय विपद जोखिम व्यवसथापन योजना अद्यावधिक, बाढीको आकस्मिक योजना निमार्ण,पूर्वानुमानको आधारमा बाढी पूर्व गरिने पूर्वकार्यहरुको योजना २०७९ निमार्ण तथा जिल्लाको राप्ती र बबई नदी क्षेत्रको पुर्व सुचना प्रणाली संयन्त्र निमार्ण एवं वडा स्तरका समितिहरु गठन तथा योजना अद्याविधिक गर्ने कार्यहरु भईरहेको कायक्रमका फिल्ड अधिकृत देवी प्याकुरेलले जानकारी दिनु भएको छ ।
