
pku
Sgr
Rgp1
Ggp
Srbpu
Pbu
Lnp
Unsku
Rgp

Bbu
nsb
Ksm
Rgu
Sbs
Rgu
Ssm
Sls
Wsp
Pvg
Vor
Rsb
Ggd
Asm
Bbbpu
Rgs
Tsm
Gst
Hal

Rmb
Rpp
Ptm
Syp
Jmb
bbt
sab
Abd
Pls
Gsb
Bml
Mks
Jmb
काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् । आज भएकाे चुनावमा भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
भुसालकाे विपक्षमा ९३ मत खसेकाे थियाे । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए । भुसाललाई उपसभामुखमा चयन गरियाेस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईकाे प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । भुसाललाई सत्तारूढ गठबन्धनको समर्थन थियो ।
वि.स.२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि याे पद अहिलेसम्म खाली रहेकाे थियाे । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।
