
Gmssl
Gsg
Gst
Pbu
gst
Gipsg
Gipsg
Sebsg
Unsku

Bbbpu
Bbu
Rgs
Wsp
Asm
Ksm
Gst
Vor
Hal
Sls
Rgu
nsb
Rgu
Ggd
Pvg
Rsb
Sbs
Tsm
Ssm

Jmb
Jmb
Gsb
Mks
Pls
Bml
Rmb
Syp
bbt
Ptm
Abd
sab
Rpp
काठमाडौं । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बीच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने विषयमा आज सम्झौता भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर आजैबाट २ वर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो ।
त्यस्तै सम्झौताको बारेमा बोल्दै ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले यो भन्दा अगाडी पनि अस्पतालले आफ्नो सेवामुलक ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तरगत गर्नुपर्ने सबै काम गरीरहेको र राज्यको चौथो अंग कोरुपमा रहेको संचार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताउनु भयो । नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले यस्ता सामाजिक सेवा अन्तरगत लिन मिल्ने सेवा र सुबिधा हरुलाई पत्रकारको पहुँच सम्म पुर्याउन सके पत्रकारको जीवनस्तर उठाउन मद्यत पुग्ने हुनाले अब नोजाको पहलमा बिभिन्न संघ संस्था ,कम्पनि तथा सेवाहरुमा सम्झौता गरेर नोजालाई ब्यबस्थित बनाएर अगाडी लैजाने सोचका साथ यो कार्यलाई अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा रे टेलिभिजन,सारा खबर,राष्ट्रिय खवर , ए बि सि टेलिभिजन,साझा सवाल डटकम,मुग्लानी खवर लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको विशेष सिफारीसको आधारमा नि:शुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ ।
यस्तै सम्झौता अनुसार नोजामा आबद्ध मिडियाहरुले अस्पतालको बिज्ञापनमा ५० प्रतिशत छुट सहित प्रकाशन गर्नुपर्ने छ । यस्ता सम्झौता हरुबाट श्रमजिवि पत्रकारहरुले अकालमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट मुक्तहुने तथा पत्रकारको जीवन स्तर उठाउन समेत मद्दत पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाको दावी छ । यता राष्ट्रिय अनलाईन पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सागर थापाले लुम्बिनी प्रदेश भित्रका सम्पूर्ण आबद्ध अनलाईनका पत्रकारहरुलाई उपचारमा हस्पिटलबाट पाउने सेवा र छुट सुबिधा लिन सक्नुहुने छ भन्दै राष्ट्रिय अनलाईन पत्रकार संघ लुम्बिनी प्रदेश दाङमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

