Sidha Patra मंगलबार, आषाढ २१, २०७९

दाङ । घोराही उपमहानगरपालिकाले दाङ जिल्ला तेक्वान्दो संघलाई खेल अभ्यासका लागि खेल सामग्री हस्तान्तरण गरेको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीको प्रमुख आतिथ्यतामा मंगलबार कार्यक्रम गरि खेल अभ्यासका लागि म्याट हस्तान्तरण गरिएको हो । सो अवसरमा प्रमुख अतिथि अधिकारीले जिल्ला खेलकुदमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएका बेला स्थानीय सरकारको खेलकुद प्रवर्द्धनका लागि साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

हिजोका दिनमा खेल अभ्यासका लागि धेरै खालका समस्या झेल्दै आएको स्मरण गराउँदै अब त्यस्ता समस्या नदोहोरिने गरि सबै पक्षले भुमिका खेलेमा खेलकुदको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताउनुभयो । खेल स्वस्थ्य नागरिक उत्पादन गर्ने थलो मात्रै भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उँचो राख्ने क्षेत्र पनि भएकाले यसको महत्त्व सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । घोराही उपमहानगरपालिकाले गरेको यो सहयोगले खेलाडीहरुमा उर्जा थप्ने काम गरेको बताउँदै उहाँले अगामि दिनमा यसैगरी सहयोग निरन्तरताको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख चौधरीले घोराहीलाई खेल पर्यटनका रुपमा विकास गर्न पालिकाले चाहेको बताउनुभयो । जसका लागि पालिकाले खेलकुद विकास प्रवर्द्धन कमिटी गठन गरि सबै खेलकुदको विकासमा लगानी गर्ने जानकारी गराउनुभयो । पालिकाको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएकाले खेल क्षेत्रका सबै विज्ञ र जानकारहरुको टिम तयार गरि खेल प्रवर्द्धनमा लाग्ने विश्वास दिलाउनुभयो । यस्तै, स्थानीय सरकारले काम गर्न थालेयता घोराहीमा थुप्रै खेल पूर्वाधार विकासको काम भएको र केही स्थानमा जारी रहेकाले स्वस्थ्य नागरिक उत्पादन गर्नेदेखि खेलकुद प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

खेलकुद संरचना निर्माण भएपछि त्यसको उपयोगितामा खेलाडी र नागरिकको पहुँच पुर्याउन पालिका लागि परेको जानकारी गराउनुभयो । उहाँका अनुसार घोराही उपमहानगरपालिकाले ३ लाखको लागतमा सय थान म्याट उपलब्ध गराएको छ ।

दाङ जिल्ला तेक्वान्दो संघमा पहिलो पटक यसरी खेल सामग्री हस्तान्तरण गरिएको हो । दाङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष तिलक झाक्री, प्रशिक्षकहरु राकेश परियार,विरुभाई बज्राचार्य, तेजबहादुर परियारलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजीकरण जिन्सी शाखा प्रमुख उमेश शर्माले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]