
ksb
Asb
Rgp
Dus
Lks
Rgp
Usb
lnp
Jns
Ggp
Sgp


पाल्पा। जिल्लाको बगनासकाली वडा नम्बर ८ बराङ्दीका सुशिल बस्याल”राष्ट्रप्रेमी”ले गाउँमा एक घर एक लाली गुराँस अभियान सञ्चालन गरेका छन। वडालाई नमुना बनाउन बराङ्दीमा एक घर एक लालीगुराँस अभियान संचालन गरेको बस्यालले बताए। लाली गुँरासको महत्व बिस्तारै सबैले बुझ्ने बिस्वास लिएको बस्याल बताउँछन ।
उनले आफ्नो घरमा,शिद्धवावा मन्दिर बराङ्दी घिउसिबास, महामृत्युञ्जय शिवासन धाम,शिवालय मन्दिर,बराङ्दी आयुर्बेद औषधालय,बेद माध्यमिक बिद्यालय,कालीगण्डकी बोर्डिङ, बराङ्दीको वडा कार्यलय र बेलौति खरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन। बस्यालले वडा कार्यलय अगाडि लालीगुराँस रोपण गरेर जनप्रतिनिधि,कर्मचारीहरुलाई यो अभियानलाई अगाडि बढाउन ध्यानाकर्षण गराएका छन।यो अभियान अत्यन्तै राम्रो भएको र यस्ता अभियानले गाउँ समाजको बिकास हुने बराङ्दी ८ का वडा सदस्य कृष्ण बस्याल बताउछँन ।
त्यस्तै बेद माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक ठानेश्वर भटराईले यस्ता कामले समाजको सकरात्मक परिवर्तन हुने र समाजलाई दिर्घकालीन फाईदा गर्ने भएकाले अभियान सफल बनाउनुपर्नेमा जोड दिएका थिए । बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन ,उनी सामाजिक काममा सक्रिय देखिन्छन् ।उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए ।
