शिबराज पन्थी/गढवा आइतबार, आषाढ १९, २०७९

दाङ । नेपाल सरकारका नवनियुक्त शहरी बिकास मन्त्री मेटमणि चौधरीले आइतवार गढवा बहुमुखि क्याम्पसमा लगाईएको शिला अनाबरण गर्नुभएको छ । क्याम्पसद्धारा बिगतमा संचालित महायज्ञबाट भौतिक पुर्वाधार निर्माण तथा प्राबिधिक धार संचालन गर्नभनी दताहरुबाट प्राप्त भएको रकम तथा दाताहरु र क्याम्पसका लागि बिभिन्न कोणबाट योगदान गर्ने ब्यक्तित्वहरुको नामावली सहितको शिला मन्त्री चौधरीले अनाबरण गर्नुभएको हो ।

क्याम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले शिक्षा समाज विकासको मेरुदण्ड भएको बताउदै आफूले शैक्षिक संस्थाहरुमा बजेटहरु लगानी गरिरहेको बताउनुभयो । गढवा बहुमुखि क्याम्पसको भौतिक पूर्वाधारकालागि आफूले १ करोड १५ लाख बजेट लगानी गरेर मुहार फेरिसकेको भन्दै आगामी दिनमा दक्षिण देउखुरी क्षेत्रको शैक्षिक हबको रुपमा यस क्याम्पसलाई बिभिन्न फेकेल्टीहरु तथा प्राबिधिक धार संचालन गरि बिकास गर्ने कार्यमा आफ्नो पुर्ण पहल रहने बताउनुभयो ।

बिकासको मुहार फेर्नका लागि आफ्नो क्षेत्रका मान्छेलाई नेतृत्व तहमा लैजान सबैको पहल जरुरी भएको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले आफूलाई सांसद र मन्त्री बन्ने अभियानमा मतदान गर्नुहुने सबैमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । आफू सासद रहेको बेला देउखुरीका नाका क्षेत्रका सडक सञ्जाल निर्माण र बिभिन्न शैक्षिक संस्थाहरुमा भौतिक निर्माणकालागि पहल गरेको र मन्त्री बनेर आएपछि त जनचाहाना बमोजिमका बिकासका कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो ।कार्यक्रममा शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने र निवर्तमा वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल लगायतले बोल्नु भएको थियो । सो अवसरमा स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरुले मन्त्री चौधरीलाई बिभिन्न माग पत्रहरु पेश गरेका थिए । गढवा बहुमुखि क्याम्पसलाई शैक्षिक हवको रुपमा बिकास गर्न प्राबिधिीक धार सहित बिभिन्न संकायहरुको सम्बन्धन लिनुपर्ने,गढवामा ५० शैयाको अस्पताल बनाउन पहल गर्नुपर्ने,कोइलाबासको भन्सार,कष्टम र नाकालाई चलायमान बनाउन सम्बन्धित निकायसंग समन्वय गर्नुपर्ने र राप्ती नदीको जिर्ण पुललाई मर्मत सम्हार गर्ने र बैकल्पिक नयाँ पुल निर्माणका लागि नेपाल सरकार समक्ष पहल स्थानीयहरुले गर्न सुझाएका थिए ।

क्याम्पस प्रमुख देवराज पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थापक क्याम्पस प्रमुख दिपक कुमार यादवले गर्नुभएको हो । सो अवसरमा नवनियुक्त शहरी बिकास मन्त्रीलाई क्याम्पसको तर्फबाट स्वागत सम्मान र अभिनन्दन समेत गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]