Sidha Patra आइतबार, आषाढ १९, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ। माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समिति बैठक आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा, केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने जनाइएको छ। बैठक तीन दिनसम्म चल्ने छ ।

त्यस्तै यसअघि महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। माओवादीको महासचिवमा दुई आकांक्षी छन्। नेता वर्षमान पुन र अर्का आकांक्षी हालका अर्थमन्त्री जर्नादन शर्माबीच तीब्र प्रतिस्पर्धा रहेकाले हालसम्म महासचिवमा कुरा नमिल्दा अन्य पदाधिकारी चयन गर्न नसकिएको हो।

यसैगरी महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने पनि व्यवस्था गरिएको छ।दैनिकअनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]